कालिका नगरपालिकामा राजश्व संकलन लक्ष्य नजिक

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 4 mins

चितवन । चितवनको कालिका नगरपालिकाले चालु आर्थिक बर्षको दस महिनामा करिब साढे चार करोड राजश्व संकलन गरेको छ । पाँच करोड संकलन गर्ने लक्ष्य राखेको सो नगरपालिकाले चालु आर्थिक बर्ष सकिन दुई महिना बाँकी रहदा लक्ष्य नजिक पुगेको हो ।

सो नगरपालिकाले चालु आर्थिक बर्षको बैशाख २४ गते सम्म ४ करोड ३० लाख ४ हजार रुपैया अतार्थ ८६ प्रतिशत राजश्व संकलन गरेको हो । सम्पती करमा ५० लाख ८९ हजार, नक्सापास दस्तुरमा ६८ लाख ९७ हजार, सिफारिस दस्तुरमा ५९ लाख ७५ हजार, पूर्वाधार सेवाको उपयोगमा ४९ लाख ६८ हजार, कहाल करमा ४२ लाख ७ हजार, व्यवसाय करमा ३३ लाख २५ हजार, भूमि तथा मालपोतमा २९ लाख ७९ हजार, अन्य दस्तुरमा २३ लाख ३३ हजार, व्यवसाय रजिष्टेशन शुल्कमा २३ लाख ७९ हजार, प्रशासनिक दण्ड जरिवानमा १३ लाख ७९ हजार रुपैया संकलन भएको छ ।

त्यसैगरी अन्य प्रशासनिक सेवा शुल्क ११ लाख १ हजार, व्यक्तिगत घटना दर्ताबाट ६ लाख ८१ हजार बहाल विरौटीबाट २ लाख ६८ हजार, दहत्तर, बहत्तर शुल्क बाट २ लाख ४४ हजार, नाता प्रमाणित दस्तुरबाट २ लाख ५ हजार, अन्य सेवा शुल्क तथा विक्रीबाट १ लाख २१ हजार, सहकारी सम्पतीको बहालबाट १ लाख ३९ हजार, व्यवसाय भुक्तानीबाट १ लाख ५१ हजार संकलन भएको लेखा अधिकृत ऋषि कडुवालले जानकारी दिनुभयो ।

त्यसैगरी बेरुजुबाट ४० हजार ७००, अन्य राजश्वबाट ४० हजार ६००, न्यायिक दण्ड जरिवानाबाट ३० हजार ६५०, परीक्षा शुल्कबाट २० हजार ८००, घरजग्गा रजिष्टेशन शुल्क ६ हजार, न्यायिक दस्तुर ३ हजार २५०, विद्युत सेवा शुल्क ४ हजार २००, विद्युत सम्बन्धी दस्तुर २ हजार ९००, अन्यले भुक्तानी गर्ने १ हजार ५०० र अन्य क्षेत्र आयबाट एक हजार रुपैया संकलन भएको लेखा अधिकृत कडुवालले जानकारी दिनुभयो ।

साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ जेष्ठ ७ गते नगरपालिका घोषण गरिएको सो पालिकाका पहाडी क्षेत्रका सीमान्तकृत चेपाङ समुदायको बसोबास छ । शहरी विकासको प्रथम चरणमा रहेको सो नगरपालिकामा ठुलो बजार छैन् ।

सिछि, शक्तिखोर,जुटपानी, खोलेसिमल, पदमपुरमा मझौला प्रकारका बजारहरु रहेका छन् । उद्योग तथा व्यवसाय भएका कारण सो नगरपालिकाको बार्षिक राजश्व संकलन कम हुने गरेको छ । अधिकाँस ग्रामिण क्षेत्र भएका कारण करदाता समेत कम रहेका छन् । करको दायरा बाहिर रहेका व्यवसायीलाई दायरामा ल्याएर कर संकलन बृद्धि गर्ने योजना अनुरुप काम भइरहेको भन्दै मेयर विनोद रेग्मीले धेरै राजश्व उठाउछौं भनेर पनि उठाउने ठाउँ नभएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?