प्राकृतिक चिकित्सालय र योग चौतारीबीच सहकार्यको प्रतिबद्धता

प्रा. देवीभक्त ढकाल
Read Time = 19 mins

दुई वा सोभन्दा बढी व्यक्ति वा संस्थाहरू मिलेर समान लक्ष्य र उद्देश्य प्राप्तिका लागि काम गर्दछन् भने त्यसलाई सहकार्य भनिन्छ । सहकार्यले सम्बन्धित संस्थामा नयाँ उत्साहको सञ्चार गर्दछ । सामान्यरूपमा हेर्दा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको र पतञ्जलि योग समिति नेपाल अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल मञ्च योग चौतारी नेपालबाट जुमका माध्यमले सञ्चालित योगशालाको गन्तव्य अन्ततः एउटै देखिन्छ । प्राकृतिक चिकित्सालयले समाजको वर्तमान जीवनशैलीबाट उत्पन्न सामाजिक तथा शारीरिक रोगहरूबाट समाजलाई मुक्त गरेर नैतिकवान, स्वस्थ र ईश्वरप्रति आस्थावान क्रियाशील नागरिकहरू उत्पादन गर्ने परिकल्पना गर्दछ ।

साथै प्रकृति र जीवनको अन्तरसम्बन्धलाई पुनःस्थापित गर्दै मानिसलाई स्वस्थ हुन अनुकूल वातावरण निर्माण गर्छ । मानवलाई स्वस्थ्य र खुशी बनाउने प्रयत्नमा प्राकृतिक चिकित्सालय परिवार क्रियाशील छ । चिकित्सालयले स्वास्थ चेतनालाई अभिवृद्धि गर्दै समाजलाई स्वस्थ बनाउँदा मानिसको शारीरिक र बौद्धिक कार्यक्षमतालाई अभिवृद्धि गर्छ । विकास र समृद्धिको दीर्घकालीन लक्ष्यहरूलाई प्राप्त गर्न प्राकृतिक चिकित्सा विधाको विशेष योगदान हुन्छ । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको प्रारम्भिक इतिहासलाई केलाउँदा अस्पताल निर्माण गर्न २०६२ सालमा बनेको प्रारम्भिक कमिटीले २०६४ मा यज्ञलाई सम्पन्न गर्‍यो ।

सबै मानिसहरू औषधिसँग जीवनको भिख माग्दै निराशापूर्ण जीवनयापन गरिरहेको भयावह अवस्था छ भने गरिब देशले अनगिन्ती सम्पति औषधि र उपचारसम्बन्धी उपकरणमा खर्च गर्दा देशले शोधनान्तर घाटाका कारण अत्यन्तै अप्ठ्यारो परिस्थिति व्यहोरिरहेको छ ।

२०६८ सालमा विधिवत् सेवा प्रारम्भ गरेको सामुदायिक चिकित्सालय दश बिघा जमिनमा फैलिएको छ । प्राकृतिक चिकित्सामा स्नातक दुईजना अनुभवी डाक्टर कार्यरत छन् भने उपचार सहायकको संख्या पनि उल्लेख्य छ । उक्त अस्पतालको निर्देशकको भूमिकामा प्राकृतिक चिकित्सक डाक्टर विनोद पौडेल हुनुहुन्छ । हाल उपचारमा आउनेका लागि बस्न तीन सय शैयाहरू छन् भने अहिले यसको भौतिक संरचना नै २५ करोडभन्दा माथि छ । निकट भविष्यमनै योग र प्राकृतिक चिकित्सा विधामा स्नातक स्तरको जनशक्ति उत्पादन गर्ने यो सामुदायिक प्राकृतिक चिकित्सालय निकट भविष्यमा शिक्षण अस्पताल हुँदै भोलिका दिनमा प्राकृतिक चिकित्सा विश्वविद्यालयसम्म पुग्ने लक्ष्य छ ।

स्वास्थ्य लाभ गर्न आउनेहरूका लागि बिहान-बेलुका घुम्न एक किलोमिटर लामो ट्रयाक भएको चिकित्सालयको आफ्नै अर्गानिक कृषि फार्म र गाई फार्म छ । अहिले चिकित्सालयको सेवाको प्रभावकारिता र जनस्तरमा यसको प्रचारप्रसारका कारण राज्यका जिम्मेवार पदाधिकारीको ध्यानाकर्षण गर्न अस्पताल सफल भएकाले सबै तहका सरकारले सहयोगको तत्परता देखाएका छन् । वर्तमान जीवनशैली र स्वास्थ्यशैलीमा आमूल परिवर्तनका लागि चिकित्सालयका क्रियाकलाप केन्द्रीकृत छन् । देशलाई आत्मनिर्भर र नागरिकलाई आत्म अनुशासनको पाठ सिकाउने अभियानका रूपमा चिकित्सालयको विशेष योगदान रहन्छ ।

सबै मानिसहरू औषधिसँग जीवनको भिख माग्दै निराशापूर्ण जीवनयापन गरिरहेको भयावह अवस्था छ भने गरिब देशले अनगिन्ती सम्पति औषधि र उपचारसम्बन्धी उपकरणमा खर्च गर्दा देशले शोधनान्तर घाटका कारण अत्यन्तै अप्ठ्यारो परिस्थिति व्यहोरिरहेको अवस्थामा मानिसलाई नियमित औषधि सेवन गर्न नपर्ने प्राकृतिक चिकित्साको विधि र प्रविधि वास्तवमा आत्मनिर्भर अर्थतन्त्रको दृष्टिकाणले वरदान मानिन्छ । निरोगी समाजको परिकल्पनालाई साकार बनाउने तर औषधिको प्रयोगविना मानिसहरू स्वस्थ्य रहने विधि र प्रविधिका कारण प्राकृतिक चिकित्सा नितान्त अनौठो चिकित्सा विधा हो ।

आधुनिक चिकित्सामा कल्पनासम्म नहुने उपचार प्राकृतिक चिकित्साबाट हुने हुँदा मानव जीवनलाई स्वस्थ बनाउने सन्दर्भमा यो विधा वरदान नै भन्नुपर्छ । यसलाई समुदायले दिएको प्राथमिकतालाई आत्मसात गर्दै राज्यले यो विधाका माध्यमले नागरिकलाई कमभन्दा कम लगानीमा स्वस्थ्य बनाउने अभियानमा सरकारले विशेष ध्यान दिन जरुरी छ । सरकारका योजनाकारहरूले यसको दीर्घकालीन महत्वलाई आत्मसात गर्दै त्यस अनुसारको योजनाको प्रारूप तयार गरेर कार्यान्वयनको चरणमा जानुपर्छ । यस विधालाई जनमानसमा लोकप्रिय बनाउन र जनताको स्वास्थ्य रक्षामा प्रकृतिलाई नै प्रयोग गर्ने विधि बारे जनचेतना फैलाउने कामले यो अस्पतालको महत्व अन्य आधुनिक अस्पतालहरूको तुलनामा छुट्टै छ भन्ने विषयमा राज्यका जिम्मेवारले बुझ्नुपर्छ ।

खासै लगानी नहुने तर भरपर्दो उपचार हुने प्राकृतिक चिकित्सा विधाप्रति सरकारले गर्नुपर्ने काम समुदायबाट भएको अवस्थामा यस्ता संस्थासँग हातेमालो गरेर सरकार अगाडि बढ्न किन सक्दैन ? प्रकृतिको अनुशासनमा रहनेहरूले राज्यको अनुशासन पनि पालना गर्ने हुँदा अहिले सबै क्षेत्रमा विशेषतः जिम्मेवारहरूमा देखिएको अनुशासनहीनताको दिगो उपचार पनि प्राकृतिक चिकित्साको विस्तारबाट सम्भव हुनेहुँदा राज्यका सबै अंग अनुशासित हुने विषयमा राज्य किन कञ्जुस्याइँ गर्दैछ ?

कोरोनाका कारण स्वास्थ्य सुरक्षाका दृष्टिकोणले समूहमा मानिस जम्मा हुन राज्यले प्रतिबन्धित गर्दा पतञ्जलि योग समितिको सेवा प्रभावित भयो । तर, कोरोना रोगबाट बच्न योगको अभ्यासले ठूलो सहयोग गर्ने कुरालाई राम्रोसँग बुझ्नेहरूका लागि सामूहिक योगलाई राज्यले प्रतिबन्ध गर्ने बित्तिकै योग गुरुहरू र योगबाट स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने कुराका जानकारका लागि सरकारको प्रतिबन्धले चुनौती थप्यो । त्यसैले योग गुरु लवराज भट्टसमेतको समूहले योगको अभ्यास गर्न सिकाउने कार्यक्रमलाई कसरी निरन्तरता दिएर कोरनाको भयबाट ग्रस्त समाजलाई राहतको वातावरण बनाउन के गर्न सकिन्छ भनेर चिन्तित गरायो ।

त्यस सामूहिक चिन्तनले जुमबाट योगको अभ्यास गर्ने कार्यक्रम सञ्चालन गर्ने विधि र प्रविधिको विकास गर्न भए गरेका संघर्षका कथा र व्यथाले नयाँ युगमा प्रवेश गरायो । त्यही नयाँ जुम कार्यक्रमले तत्कालमा देखिएको कोरोनाको भयावह परिस्थितिमा स्वस्थ रहन योग अभ्यासलाई निरन्तरता मात्रै दिएन जनचेतना फैलाउन गरेको योगदानलाई राज्य र समाजले बिर्सनै नहुने परिस्थिति सिर्जना ग¥यो । योगको दीर्घकालीन लक्ष्य र उद्देश्य नै गरौँ योग रहौँ निरोग भएकोले महामारीको समयमा आममानिसमा विकसित निराशालाई चिर्न योग चौतारी नेपालको जुम सेवा सफल भयो ।

योगले मानिसलाई प्राकृतिक मैत्री साथै खानपिन, व्यवहार समेतमा अनुशासित बनाउने हुँदा सभ्य समाज निर्माणमा समेत योग चौतारी नेपालको विशेष योगदान छ । यस संस्थाले गरेको राष्ट्र हित र समाज हितको लेखाजोखा आजको आवश्यकता हो । हामी त्यो चरणमा पुग्ने गन्तव्य, विधि, प्रविधि निर्माणका विषयमा नागरिक समाज र सरकार समेतको ध्यान जान जरुरी छ । योग अभ्यासले मानिसलाई स्वस्थ्य बनाउने बित्तिकै यसको आर्थिक प्रभावका कोणबाट व्याख्या गर्ने हो भने देशलाई आत्मनिर्भर बनाउँछ ।

स्वस्थ्य नागरिक देशका लागि वरदान हुन भने रोगी नागरिकहरू देश समाज र परिवारका लागि बोझ हुन् । त्यसैले प्राकृतिक चिकित्सा र योग चौतारी नेपालको सुदूर गन्तव्य एउटै भएकाले यी दुवै संस्थाबीच अन्तरसम्बन्धको आवश्यकतालाई अनुभूति गरेर यो स्तम्भकारले यी दुवै संस्थाका परिकल्पनाकारबीच परिचय र भेटघाटको आवश्यकता अनुभव गरेको हो । परिचय र भेटघाटपछि सहकार्यका लागि मार्ग प्रशस्त हुने हुँदा यसलाई प्राथमिकतामा राखिएको हो ।

पतञ्जलि योगचौतारी नेपालले योगशाला ८५०औं शृंखला पूरा गरेको दिन यो स्तम्भकारलाई पनि अतिथिको रूपमा आमन्त्रण गरेर योग चौतारीको विगतसँग जानकारी लिने अवसर दिएको थियोे । प्राकृतिक चिकित्सालयको सेवा यो स्तम्भकारले विगत दश वर्षदेखि नियमित रूपमा लिँदैआएको हुँदा यी दुवै संस्थाको सहकार्यबाट समाज लाभान्वित हुनसक्ने सम्भावनालाई मध्यनजर राखेर नै ८५०औं शृंखला समाप्त हुने बित्तिकै दुवै संस्थाका परिकल्पनाकारबीच परिचयबाट नै सहकार्यको प्रारम्भ हुनसक्छ भनेर दुवै परिकल्पनाकारलाई जोड्ने धृष्टता गरेको हुँ ।

त्यसदिन प्राकृतिक चिकित्सालय निर्माणमा रजहरको जनसमुदायलाई परिचालन गर्ने र हालसम्म अस्पताललाई यो अवस्थासम्म ल्याउन अथक परिश्रम र चिन्तन गर्ने हरि सापकोटा र जुम कार्यक्रमको चिन्तन, विकास र निरन्तरताका लागि संयोजन, तारतम्यलगायत व्यवस्थाका माध्यमले कार्यक्रमलाई ८५० दिनसम्म निरन्तरता दिने र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन अनुकूल वातावरण निर्माणमा अग्रणीमध्येका लवराज भट्ट कञ्चनपुरबीच संस्थागत सहकार्यको योजना बनाउने दृष्टिकोणले परिचय भएको हो । परिचयका क्रममा दुवै परिकल्पनाकारबीच एकअर्काका संस्थाको परिचयको आदानप्रदान भयो । परिचयपछि दुवैले निःशर्त सहकार्य गर्ने मौखिक सम्झौता पनि गरे । सहकार्य किन ?

यसले उभय पक्षलाई हुने लाभको विषयमा बहस हुन जरुरी भएकाले बहस, छलफल, अन्तक्र्रियाको प्रारम्भ गर्ने हेतुले यो विषयले आलेखको प्राथमिकता पायो । प्राकृतिक चिकित्सालयको सेवा लिने सबैले योगमा अभ्यस्त हुन्छन् । उनीहरू योगले स्वास्थमा पार्ने सकारात्मक प्रभावसँग परिचित हुने हुँदा प्राकृतिक चिकित्सालयको सेवा लिने सबै जुमबाट सञ्चालित सेवा लिन उत्सुक हुन्छन् । योग भन्न जति सजिलो छ त्यसको विधि, विधानपूर्वक योग गर्ने विषय सजिलो छैन । योगलाई नियम र विधिअनुसार गर्दा लाभ हुन्छ भने विधिको पालना नहुँदा हानी हुन्छ । घरमा बसेर समूहमा योगको अभ्यास गर्ने जुम कार्यक्रम योगका विद्यार्थीका लागि वरदान हो ।

योग एक्लै गर्दा त्यसको नियमहरूलाई अक्षरसः पालना गर्ने विषय जटिल भएकाले योग अभ्यासबाट लाभ लिन योग क्रिया समूहमै गर्नुपर्ने हुन्छ । जुमले घरघरमा बसेर समूहमा योग कक्षामा बस्ने वातावरण बनाएको हुनाले जुमको प्रविधिलाई योगाभ्यासमा भित्र्याउने लवराज भट्टसमेतका व्यवस्थापनका जिम्मेवारहरू धन्यवादका पात्र छन् । त्यसैले प्राकृतिक चिकित्साका सेवाग्राहीहरू स्वतः जुममार्फत हुने योगका सेवाग्राही हुने भएकोले तिनीहरूले उपचारपछि पनि योगलाई निरन्तरता दिन सक्छन् । यसले प्राकृतिक चिकित्सालयको र जुमबाट हुने योगको प्रचार एकअर्काले गर्ने वातावरण निर्माण हुन्छ । यसले नेपाली समाजमा योग र प्राकृतिक चिकित्सा दुवैलाई लोकप्रिय बनाउने अभियान प्रारम्भ हुन्छ ।

योग एक्लै गर्दा त्यसको नियमहरूलाई अक्षरसः पालना गर्ने विषय जटिल भएकाले योग अभ्यासबाट लाभ लिन योग क्रिया समूहमै गर्नुपर्ने हुन्छ । जुमले घरघरमा बसेर समूहमा योग कक्षामा बस्ने वातावरण बनाएको छ ।

योगको निरन्तरताले समाजमा स्वास्थ्य चेतना स्वतः अभिवृद्धि हुँदै गर्दा प्राकृतिक चिकित्सालयको सेवाका विषयमा घरघरमा बहसको सुरुवात हुने विषयले एकले अर्कोलाई सहयोग गर्ने स्वचालित वातावरण बन्छ । स्वचालित वातावरणबाट दुबै संस्थाहरू लाभान्वित हुँदै गर्दा दुवै संस्थाहरूको विषयमा जान्ने बुझ्ने अवसर बढ्छ । यसले दुवै संस्थाका माध्यमले योग र प्राकृतिक चिकित्साका सन्दर्भमा जनचेतना अभिवृद्धि हुने क्रमले तीव्रता पाउँछ । यसबाट घरमै बसेर योगको सेवा लिनेहरू र प्राकृतिक चिकित्सा सेवा लिनेबीच हुने अन्तक्र्रियाले दुवैका सेवाग्राही वृद्धि गर्न एकले अर्कोको सहयोगी स्वतः बन्ने वातावरण बन्छ ।

विनालगानी हुने जनचेतनाको अभिवृद्धि र एकले अर्कोको सेवाग्राहीलाई वृद्धि गर्ने भूमिकाका कारण यी दुवै संस्थाहरूको सम्बन्ध पारस्परिक लाभका आधारमा सधैँ सुमधुर र दिगो हुन्छ । दुवै संस्थाका अभ्यासलाई प्रवद्र्धन गरेर समाजलाई लाभान्वित गर्ने उद्देश्यले अग्राधिकार पाउने अवस्थामा दुवैको प्रगतिमा दुवै संस्थाहरू सहयोगी बन्दछन् । यसले दुवै संस्थाहरूको रचनात्मकता र नवीनतालाई प्रवद्र्धन गर्छ । यसका अतिरिक्त अनुसन्धान र अन्वेषणात्क दृष्टिकोणको विकास र प्रतिस्पर्धा पनि हुनसक्छ ।

एक अर्को संस्थामा भएको ज्ञान र अनुभव र विशेषज्ञताले संस्थाको कार्यशैली र उत्पादनशीलतामा अनुकूल प्रभाव ल्याउने प्रशस्त सम्भावनाको दोहन हुनसक्छ । परिणामस्वरूप दुवै एकअर्काबाट लाभान्वित हुँदा सामाज स्वतः लाभान्वित हुने विषयलाई मध्यनजर राखेर हुने सहकार्यले संस्थालाई गतिशील, क्रियाशील बनाउन निश्चित रूपमा योगदान गर्छ । तसर्थ सहकार्यको प्रतिबद्धतालाई दुवै पक्षले संस्थागत हितमा प्रयोग गर्नसके यसको लाभ नागरिकसम्म पुग्छ ।

Subscribe
Notify of
guest
7 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Lavraj Bhatt
Lavraj Bhatt
2022-08-30 10:21 am

Lavraj Bhatt

Lavraj Bhatt
Lavraj Bhatt
2022-08-30 10:22 am

हिमालय टाईम्स र प्रो देविभक्त सर लाई साधुबद

TP Mishra
TP Mishra
2022-08-30 11:20 am

ग़ज़ब राम्रो बिचार

Pramod Parajuli
Pramod Parajuli
2022-08-30 7:38 pm

Ekdam ramro, Devibhakta Ji. If you could add some photographs of the Rajhar facility, that would be even more wonderful. Pramod Parajuli, Annapurna Pluriversities

रिलेटेड न्युज

छुटाउनुभयो कि ?