डाबर वाटिका मिस नेपालका प्रतियोगी डाबर नर्सरीमा

Read Time = 3 mins

काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका अन्तिम २४ प्रतियोगीले बनेपास्थित डाबर नेपाल नर्सरी भ्रमण गरेका छन् । भ्रमणमा प्रतियोगीले विभिन्न वातावरणीय समस्या बुझ्नुका साथै समस्या सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासबारे पनि बुझ्ने अवसर पाएको डाबर नेपालले जनाएको छ ।

डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडीबुटी संरक्षण गर्दै आएको जडीबुटी डाबरका विभिन्न उत्पादनमा पनि प्रयोग गर्दै आएको छ । सो अवसरमा डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भन्नुभयो, ‘प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि यी युवालाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व लागेको छ । डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भइसकेको छ । यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्य र ब्राण्डहरूको उत्पादन र बजारीकरण गर्दै आएको छ । आजका युवा भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ कि प्रतियोगीलाई यसप्रकारको एक्सपोजरबाट उनीहरू वातावरण र समाजमा सकारात्मकरूपमा योगदान गर्न सक्षम हुनेछन् ।’ डाबर नेपालका मेडिसिनल प्लान्ट प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडीबुटी खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको संरक्षणमा कम्पनीको योगदान रहेको बताउनुभयो ।

कम्पनीले नेपालका २४ जिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्घन र खेती गर्छ र ५० सहकारीमार्फत् जडीबुटी खेती गरी किसानको जीविकोपार्जनलाई वैकल्पिक स्रोतको रूपान्तरण दिएको छ । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो । डाबर वाटिका मिस नेपाल २०२३ को ग्राण्ड फिनाले मे २७ मा गोदावरीस्थित सनराइज अडिटोरियममा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?