काठमाडौं । गोर्खाज फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले बिहीबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलसँग शपथ ग्रहण गर्नुभएको छ ।
वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्ष डेकिन्द्रकुमार राईले आफ्नो कार्य व्यस्तता जनाउँदै पदबाट राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समिति बैठकले सञ्चालक बुढाथोकीलाई सर्वसम्मतरूपमा अध्यक्ष चयन गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले जानकारी दिनुभयो ।
हाल २६ शाखा र एक एक्सटेन्सन काउण्टरसहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्यूनीकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसन मुख्य प्राथमिकतामा राख्ने प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच