योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा

प्रा. देवीभक्त ढकाल
Read Time = 19 mins

२०७६ सालको कोरोना महामारीबाट विश्व मानव समुदाय आक्रान्त र त्राहिमाम थियोे । घर परिवारका सदस्यहरू आपसमा भेटघाटसम्म हुन डराउँथे । विश्वमा त्यस बखत कोरोनाबाट संक्रमित र मृत्युु हुनेहरूको संख्या अधिक थियो । मानवताको विनाशको लीलाबाट विश्व मानव समुदाय नै भयभित थियो । त्यसबखतको भय, त्रासलाई अहिले शब्दमा व्यक्त गर्न सम्भव छैन । अहिले त्यो घटनालाई सम्झदामात्रै पनि मन त्रसित हुन्छ । इतिहासमै नसुनेको संक्रमितहरूको र मृत्युको उच्चदरले मानवताको रक्षा गर्न विश्वका विकसित, शक्तिशाली देशहरू पनि असफल र विचलित थिए । नेपाल जस्तो गरिब देश जहाँ अक्सिजनको अभावले बुटवलमा मात्रै सात–सात जनाले एकै दिन प्राण त्याग गर्न बाध्य भएको घटना र परिघटनालाई अहिले सम्झँदा मन त्यसै आत्तिन्छ ।

अनुमान गरौँ त्यस अवस्थामा संकटग्रस्त विश्व मानव जातिको जीवन कति कहालिलाग्दो थियो होला । त्यो अवस्था व्यहोर्न बाध्य नेपालीहरूको मनोविज्ञानको चित्रण गर्न सहज छैन । त्यो महामारी र असहज वातावरणबाट मानव मात्रको रक्षा गर्ने विषयमा सरकार नै असफल भएको अवस्थामा जनस्तरबाट यसको रोकथाममा योगदान गरेर मानवताको रक्षा गर्न सकिन्छ कि भनेर जुमको सपना देख्ने स्वप्नद्रष्टा हुन कञ्चनपुरका योगगुरु लवराज भट्ट ।

देश विदेशमा पनि लोकप्रिय र प्रभावशाली कार्यक्रम पतनञ्जलि योग समिति नेपाल अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल मञ्च योग चौतारी प्रातःकालीन योगशालाले २०७९ भदौ ४ गते आफ्नो ८५०औं शृंखलालाई निरन्तरता दिँदै आगामी दिनमा यसलाई समयानुकूल परिमार्जन र सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता त्यसका आयोजक र शुभचिन्तक समेतले गरे । योग अभ्यास र प्रशिक्षणसमेतमा रुचि राख्ने साथै योगद्वारा यो महामारीको चुनौतीलाई पार गर्न सकिन्छ भन्ने विश्वास र अठोटले लवदेव भट्टलाई नयाँ उपाउँको खोजी गर्न प्रेरित ग¥यो । त्यस संकटको बेला गरेको सत् प्रयासले धेरै मानिसलाई मानसिक रूपमा रोगसँग लडने शक्ति दियो ।

कोरोना महामारीको भयबाट मुक्त गर्न शारीरिक र मानसिक उपचार गर्ने हाम्रो पूर्वीय विधि प्रभावकारी भएको प्रमाणित भएको छ । योग र नियमहरूले त्यसबखत दिएको नतिजाले यो विधाप्रति धेरैको आस्था र विश्वास बढायो ।

त्यो शक्ति, साहस र उत्साहको प्रभाव कसरी र कति प¥यो भनेर नाप्ने र जाँच्न्ने प्रविधि भएको भए त्यसको प्रभावलाई आँकडामा पनि व्यक्त गर्न सकिन्थ्यो । त्यो प्रविधि नहुँदा विनाआँकडा त्यसबाट धेरै मानिसहरू मानसिक र शारीरिक रूपमा रोगसँग लडने र बच्ने क्षमता विकास गरेको विषय समाज र देशका दृष्टिकोणले महत्वपूर्ण परिघटना भन्नुपर्छ । यस्तो महत्वपूर्ण विषयलाई प्रयोग गर्ने चिन्तकको धारणालाई किन सरकार र हाम्रो समाज सहजकर्ता बन्दैन ? यस कार्यक्रमलाई हर्ष र उल्लासपूर्वक २०७९ भदौ ४ गतेका दिन उक्त संस्थाले मनाएको योग चौतारी अन्तर्राष्ट्रिय मञ्च नेपालको ८५०औं शृंखलाले यो विषयवस्तुमा गम्भीरताका साथ प्रवेश गर्न, व्याख्यान गर्न र विश्लेषण गर्न बाध्य बनायो ।

कोरोना महामारीको भयबाट मुक्त गर्न शारीरिक र मानसिक उपचार गर्ने हाम्रो पूर्वीय विधि प्रभावकारी भएको प्रमाणित भएको छ । यो परिघटनाले योगलाई विश्वका अन्य देशहरूमा पनि लोकप्रिय बनायो । योग र नियमहरूले त्यसबखत दिएको नतिजाले यो विधाप्रति धेरैको आस्था र विश्वास बढायो । हिजो योगभन्दा नाक खुम्च्याउनेहरू आज योगका कक्षमा बसेर योगाभ्यास गर्ने गरेका छन् । यसले शारीरिक, आर्थिक, सामाजिक र सकारात्मक चारित्रिक प्रभाव पारेको छ । योगले मानिसलाई अनुशासन, नियम, विधिप्रति आस्था र विश्वास जागृत गर्दछ । नागरिकलाई नैतिकवान र चरित्रवान बनाउन विशिष्ट योगदान गर्दछ । योगले ईश्वरप्रति आस्थावान जनशक्ति उत्पादन गरेर समाजलाई अनुशासित र सभ्य बनाउँछ ।

खासगरी योगी रामदेव र आचार्य बालकृष्ण महाराजजीले गरेको योग क्रान्ति इतिहासको पानामा सधैँ सुरक्षित रहनेछ । देशमा व्याप्त भ्रष्टाचार, अरजकता, कुशासन, विधि उल्लंन गर्ने चरित्रको उपचार पनि हो योग । शारीरिक रोगका अतिरिक्त यसले मानसिक रोगको उपचार र आध्यात्मिक सोचको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दृष्टिकोणबाट योगको विश्लेषण र व्याख्या हुन जरुरी छ । त्यसैले योगको क्रिया एक तर यसका अनुकूल प्रभावहरू समाजमा अनेक पर्ने हुँदा योगको महत्व र प्रभावलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ । योगको शरीरमा, जीवनमा समाजमा र समग्र राष्ट्रमा नै अनुकूल प्रभाव पर्ने कोणबाट सूक्ष्म अध्ययन गर्दा योगको महत्व अवर्णनीय छ ।

धार्मिक आस्था र विश्वास अनुसार भगवान शिवद्वारा अनुसरण गरिएको पद्धति योग शब्दको सामान्य अर्थ भने योग र जोड हो । विविध आसन, अभ्यास, साधना, प्रार्थना, ध्यान आदिका माध्यमद्वारा मन, शरीर र ईश्वरलाई जोडने प्रक्रिया, कला र विज्ञानलाई योग भनिन्छ । योगलाई शारीरिक व्यायामको दृष्टिकोणले मात्रै व्याख्या गर्दा यो विशिष्ट विज्ञानप्रति अन्याय हुन्छ । यो पूर्वीय दर्शनको आविष्कार र चमत्कार हो । हिन्दू धर्मशास्त्रमा आत्मदर्शन र समाधिदेखि कर्मक्षेत्रसम्म योगको व्यापक प्रयोग भएको छ । महर्षि पतञ्जलिका अनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु र मनलाई स्थीर बनाउनु नै योग हो । मनमा राम्रा नराम्रा वृत्तिको उत्पत्ति र लय भइरहेको हुन्छ ।
योगको मुख्य लाभ भनेको व्यक्तिभित्र रहेको शारीरिक र मानसिक रोगलाई समूल निरोध गर्छ ।

योग चौतारी नेपालसँग अहिले १७ हजार योग गुरुहरू छन् भने अन्तर्राष्ट्रियस्तरका योग गुरुहरूको संख्यात्मक र गुणस्तरीय दृष्टिकोणबाट पनि यो विधालाई नेतृत्व गर्ने जनशक्ति उत्पादन गर्न सफल भएको विषयलाई व्यक्त गर्दा योग चौतारीले नेपालीहरूलाई योगको क्षेत्रमा गर्व गर्न पाउने वातावरण बनाएको छ । अहिले योग अभ्यास र साधना शहरहरूमा र उत्तरार्धमा मात्रै अत्यधिक प्रचलित रहेकोमा विद्यालयस्तरीय पाठ्यक्रममा योगलाई समावेश गर्न प्राप्त सफलताले आगामी दिनमा सबै उमेर समूहका मानिसहरूको योगमा सहभागिता हुने विषयले योगको भविष्य उज्ज्वल देखिन्छ ।

योगले प्रतिकूलतासँग जुध्न सक्ने शक्ति समाजमा प्रवाहित गर्छ । योगलाई घरघरमा र जनजनमा पु¥याउन योग चौतारी नेपालले लवराज भट्टको नेतृत्वमा प्रभावकारी प्रमाणित भएकाले यो टिमले खर्चेको अमूल्य समय राष्ट्रमा व्याप्त विकार र विकृतिहरूलाई चिर्न कोशेढुंगा सावित हुनेछ । योगले आहार, विहारलाई सुधार गर्न प्रेरित गर्छ । यसले मानिसलाई सात्विक, इमानदार, नैतिकवान, सदाचारी बनाउन खेल्ने भूमिकाको राष्ट्रिय महत्व छ । वर्तमानमा देखिएका भ्रष्टाचार, दूराचार, लुटजस्ता विषयलाई समाधान गर्न योगका विधि विधानलाई जीवनमा प्रयोग गर्न सबैले सबैलाई प्रेरित गर्नुपर्छ ।

महर्षि पतञ्जलिका अनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु र मनलाई स्थीर बनाउनु नै योग हो । मनमा राम्रा नराम्रा वृत्तिको उत्पत्ति र लय भइरहेको हुन्छ । योगको मुख्य लाभ भनेको व्यक्तिभित्र रहेको शारीरिक र मानसिक रोगलाई समूल निरोध गर्छ ।

२०७६ चैत ११ गते नेपाल सरकारले पूरै देशमा लकडाउन गरेर जनजीवन त्रसित भएको, घरघरमा मानिसले बन्दी जीवन बिताउन बाध्य भएको बेलामा महामारीबाट बच्न योगअभ्यास महत्वपूर्ण भएको विषयले योग गुरु लवराज भट्टले फेसबुक लाइभबाट योग सिकाउँदै गर्दा आएका प्रतिक्रियाहरूले उहाँलाई जुम कार्यक्रममा रूपान्तरण हुन प्रेरणा दियो । सुरेन्द्र ओझा, डा.राजकुमार साउद, हीरा चन्द, गणेशदत्त भट्ट र लवराज भट्टसमेतको समिति नै योगचौतारी नेपालको योगशालाको स्थापनाकालको इतिहाससँग आबद्ध व्यक्तित्व हुन् ।

अमेरिकामा बस्ने डिएन जोशी जसले नवराज भट्टलाई सर्वप्रथम जुम सिकाउनुभयो उहाँको योगदानको चर्चा ८५०औं दिन पूरा भएको कार्यक्रमबारे कलम चलाउँदा सम्झनुपर्ने हुन्छ । जुमका माध्यमले धेरैसँग जोडिने र जोड्ने उत्कृट इच्छा र अभिलाषा राख्ने कार्यक्रमका संयोजकसमेत रहेका लवराज भट्टले ८५० दिन पूरा भएको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा आफ्नो सम्बोधनमा आरोह र अवरोहका घटनाक्रमलाई र इतिहासलाई सम्झनुभएको विषयले लेख्न प्रेरित गरेको हो ।

समाजलाई सकारात्मक प्रभाव पार्ने घटनाक्रम, अनुभव, आविष्कार, भोगाइ जस्ता विषयहरू जबसम्म लेखाइका विषय बन्दैनन् तबसम्म व्यक्तिले, समाजले र देशले प्रगति गर्न सक्दैनन् भन्ने भावनाले मलाई लेखनमा प्रेरित गर्दछ । लवराज भट्टका अनुसार योगाभ्यासको लागि जनशक्ति र भौतिक संरचनाको व्यवस्थाले योगसँग अधिकांश नेपालीहरूलाई जोड्ने संरचना र सम्भावना प्रचुर छ । पतञ्जलि योग चौतारी नेपाल योग प्रशिक्षणमा मात्रै सीमित नभएर यसले हप्तामा २४ कार्यक्रमहरू सञ्चालन गर्ने क्षमतासमेत विस्तार गरेको छ । यस्ता कार्यक्रमहरूले सदाचार, नैतिकता, इमानदारी, व्यक्तिमा जवाफदेहिता र इन्टिग्रिटी जस्ता वस्तुहरूको प्रबद्र्धनबाट समाजमा सकारात्मक परिवर्तनका लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषयमा योगको सान्दर्भिकता हुन्छ ।

योगचौतारीको ८५०औं दिनको सफलताको पर्व विशेष हर्षोल्लासले मनाउने क्रममा उक्त उत्सवको सत्रको सभाध्यक्ष लवराज भट्ट हुनुहुन्थ्यो । दीप प्रज्वलनको प्रमुख अतिथिमा पूर्वराजदूत डा.मायाकुमारी शर्मा हुनुहुन्थ्यो । दीप प्रज्वलन बिहान करिब ४ बजेको आसपासमा भएको विशेष कार्यक्रममा सो दिन योग गुरुको भूमिकामा कञ्चनपुरका खगेन्द्र ओझा हुनुहुन्थ्यो । उक्त दिनको विशिष्ट अतिथिमा कविवर गोविन्दराज विनोदी र यो स्तम्भकार पनि थियो । कार्यक्रममा यज्ञश्वर निरौला, योगपीठ नेपालका ट्रष्टीहरू, केन्द्र प्रमुख र साधना केन्द्रसम्मका पदाधिकारीहरूका अतिरिक्त जुममा उपस्थित योग साधकहरूद्वारा भएको सामूहिक दीप प्रज्वलन र आरतीले कार्यक्रमलाई विशेष शोभायमान बनाएको थियो ।

उक्त ८५०औं दिनको कार्यक्रमको सहजकर्ता सहना श्रेष्ठ, व्यवस्थापनको जिम्मेवारीमा अनामिका श्रेष्ठ हुनुहुन्थ्यो । प्रचारप्रसारमा सावित्री ढकाल पराजुली अतिथि सत्कारमा पुष्पराजलगायतको विशेष भूमिका थियोे । जुम प्रविधि मैत्री वातावरण बनाउन, कार्यक्रमको व्यवस्थापन, अनुगमन जस्ता प्राविधिक विषय अमेरिकामा रहने प्रतिभा भट्टराईको योगदानको उल्लेख भएन भने यो आलेख नै अधुरो हुन्छ । कार्यक्रमलाई यो चरणमा ल्याउन सधैँ सक्रिय रहने झापा दमककी निर्मला शंकर रामदाम जस्ता अनगिन्ती साधिका र साधकको योगदान छ । यहाँ सबै योगदान गर्ने व्यक्तित्वहरूको नाम उल्लेख गर्न सम्भव नभएकोमा क्षमा चाहान्छु ।

करिब तीन घण्टा लामो ८५०औं दिनको कार्यक्रममा शुभ भाव प्रकट गर्दै प्रमुख अतिथि पूर्वराजदूत डा.मायाकुमारी शर्माले योगको व्यक्ति, समाज र राष्ट्रमा पर्ने सकारात्मक प्रभावहरूको व्याख्या गर्दै कोमल गीतका श्लोकहरू वाचन गरेर आफ्ना भनाइलाई बिट मार्नुभयो भने अर्का विशिष्ट अतिथि कविवर गोविन्दराज विनोदीले कार्यक्रममा बसेर लेखेको आफ्नो कविताका अन्तिम निम्न सारगर्भित हरफहरू वाचन गरेर शुभ भाव प्रकट गर्नुभयो ।
आफैँ औषधि हो योग यो आफैँ उपचार हो
यो स्वयं आत्मनिष्ठा हो परमानन्द सार हो
विकार मनका फालौँ बालौँ प्रज्ञान दीपक
गरौँ योग रहौँ स्वस्थ बनौँ जीवन रक्षक !
जुम कार्यक्रमका परिकल्पनाकार तथा कार्यक्रमका सभापति लवराज भट्टले कार्यक्रम सुरुवातका चरणहरूको कथाव्यथालाई विस्तृतमा प्रकाश पार्दै सबै योगगुरुहरू, योग साधकहरू र साधिकाहरू योगप्रति रुचि राख्ने नेपालभित्र र नेपालबाहिर रहने नेपालीहरूको साथसहयोग, मायाममता, अपनत्व साथै लगनशीलताको परिणामले हामी यो चरणमा आउन सफल भएकोमा सबै सहयोगी मनहरूप्रति आभार प्रकट गर्नु भयो । आगामी दिनमा पनि सबैको सक्रिय सहयोग र सद्भावना जारी रहने विश्वास व्यक्त गर्दै भावुक मुद्रामा शुभभाव दिँदै कार्यक्रम समापन गर्नुभयो ।

कार्यक्रम समापनपछि यो स्तम्भकारको संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका परिकल्पनाकार हरि सापकोटा र योगचौतारी नेपालका परिकल्पनाकार लवराज भट्टबाट दुवै संस्थाको गन्तव्य एउटै भएकाले दुवैले दुवैबाट भविष्यमा आपसी सहयोग साटासाट गर्ने मौखिक प्रतिबद्धता भयो । योग र प्राकृतिक चिकित्सा विधाको प्रबद्र्धन र विस्तारले समाजलाई सकारात्मक परिवर्तनको दिशामा अग्रसर गराउन दुवै संस्थालाई सफलता मिलोस् हाम्रो अनन्त शुभकाना ।

Subscribe
Notify of
guest
8 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
devibhakta dhakal
devibhakta dhakal
2022-08-23 9:10 am

हिमालय टाइम्स साथै पुरुषोत्तम दाहाललाई धन्यवाद ।पुरुषोत्तम दाहाल जसले लेख्ने उत्प्रेरणा र दबाब दियो ती आत्मीय मित्रलाई विशेष धन्यवाद ।

पुरुषाेत्तम चालिसे
पुरुषाेत्तम चालिसे
2022-08-23 12:43 pm

लेख रचना ज्यादा लाभकारी छ । जस्ले लेख पढेर मनन् गर्छ ।

Radhika panta
Radhika panta
2022-08-23 2:33 pm

लेख अति उत्कृष्ट लाग्यो । हामीले भोगेका र व्यवहारमा उतारिएका विषय र प्रसङ्ग भएकोले पढ्न रुचिकर छ । अनुशासीत मानव समाजको निर्विमाण गर्न नेपाल सरकारको पनि योगको लागि सहयोगको अपेक्षा गर्दछ ।

sita Ghimire Gnawali mahendranagar
sita Ghimire Gnawali mahendranagar
2022-08-23 4:11 pm

सिता घिमिरे

sita Ghimire Gnawali mahendranagar
sita Ghimire Gnawali mahendranagar
2022-08-23 4:12 pm

Atyanta utkrist

प्रतिभा भट्टराई
प्रतिभा भट्टराई
2022-08-24 3:26 am

तपाईंलाई पनि केही नयाँ कुरा सिक्न मन छ, घर मै बसेर अरुको सेवा गर्ने भाव छ, आफ्नो श्वासथको ख्याल गरेर परिवार, समाज, राष्ट्र अनी सम्पूर्णलाई केही दिन्छु भन्ने भावना छ भने योग चौतारी मा जोडीनु होला। मैले योग चौतारीमा समय दिएर आफ्नो शरीर, मन अनी अत्माको लागि धेरै काम त गरे त्यो साथै मैले नेपाली /ईंग्लिशमा उध्गोसन गर्ने पनि मौका पाए, साथ -साथै, देश तथा विदेशमा हुनु भ्एका विसिस्ठ व्यक्तित्व सित चिन्ने मौका पाए।
प्रबिधी मैत्री कार्यक्रम भएकोले प्रबिधीमा पनि धेरै कुराहरु सिक्न पएको छु।

आफ्नो परिवारलाई श्वासथ तथा जीवनशैली नै परिवर्तन बनाएको योगले अनी योग चौतारीले मलाई एस्तो गर्न मौका दिएकोमा एस कार्यक्रमको सम्पूर्ण सदस्य तथा Lavraj Bhatt लवराज भट्ट गुरु प्रती क्रितग्यता व्यक्त गर्न चाहन्छु।
मैले पहिलो पटक अन्तरराष्ट्रिय कार्यक्रम अनी बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पएको छु।
सम्पूर्णलाई धेरै धेरै धन्यवाद ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?