काठमाडौं । खोजौँ नेपाली, रोजौँ नेपाली र नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ भन्ने नाराका साथ नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा वैशाख २६ गतेदेखि वैशाख ३० गतेसम्म मेला हुने भएको हो । लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
महांसघका अनुसार छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहे पनि पनि परम्परागत प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले प्रतिस्पर्धी बन्न नसकेका कारण समस्यामा रहेका छन् । मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्था उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई समावेश गरी बिटुबी, बिटुसी र बिटुजी जस्ता अन्तरक्रिया, छलफल र खाना महोत्सव मेलाका थप आकर्षण रहने महासंघ अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो । नेपाल मौरीपालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन रहने बताइएको छ । आयोजकका अनुसार मेलामा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहनेछ भने दुई सय ५० वटा स्टल रहनेछन् ।
मेलामा काठ/ढुंगा/धातु कला, सेरामिक्स, भाँडाकुँडा, बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामान, गलैंचा, राडीपाखी, पश्मिनाका वस्तु तथा अन्य ऊनी कपडा, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरू, नवीनतम प्रविधि, नेपाली हाते कागजका वस्तु, परम्परागत हस्तकलाका सामान, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादन, शिक्षा, पर्यटनलगायतका सेवा प्रदायक संघ संस्था, वैकल्पिक र नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरू र अन्य औद्योगिक वस्तुहरू प्रदर्शन गरिने महासंघले जनाएको छ । मेलाको सह-आयोजकका रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, काठमाडांै महानगरपालिका, चन्द्रागिरि नगरपालिकालगायत रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच