![युनिलिभरविरुद्ध आन्दोलनमा उत्रिए स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uniliver-hetauda.jpg)
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले प्रकृति संरक्षण अवार्ड पाएको छ । उपमहानगरलाई विश्व प्रकृति कोष (डब्लूडब्लूएफ) नेपालले वातावरण संरक्षणमा उल्लेख्य भूमिका निभाएको भन्दै प्रकृति संरक्षण अवार्ड प्रदान गरेको हो ।
नेपाल सरकारका वन तथा वातावरण मन्त्रालय मन्त्री नवल किशोर साह सुडीले एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई अवार्ड प्रदान गरेका हुन ।
डब्लूडब्लूएफ नेपालले आफ्नो ३१ औँ स्थापना दिवसका अवसरमा उपमहानगरपालिकालाई नगद १ लाख सहित अवार्ड प्रदान गरिएको विश्व प्रकृति संरक्षण कोष नेपालले जनाएको छ ।
धनगढीले वातावरण संरक्षणअन्तर्गत प्लास्टिक बिक्री वितरणमा रोक, वृक्षारोपण, पानी पुनरभरण, सर्प तथा जीवजन्तुको सकुशल उद्धार गरी सम्बन्धितको वास स्थानमा छोड्ने लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
![पूर्वराजा ज्ञानेन्द्र शाह पाटन जाने](https://ehimalayatimes.com/wp-content/uploads/2023/05/Gyanendra-Shah.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच