प्रेस युनियनको स्थापना दिवसमा पत्रकारको आँखा जाँच तथा चस्मा वितरण

Read Time = 3 mins

खोटाङ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा खोटाङका पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेर चश्मा वितरण गरिएको छ । प्रेस युनियन जिल्ला शाखाको आयोजना तथा नेत्र ज्योति संघ दिक्तेल र आँखा उपचार केन्द्रको संयोजनमा जिल्लाका सम्पूर्ण पत्रकारहरुको आँखा जाँच गरेर चश्मा वितरण गरिएको हो ।

दिवसका अवसरमा शुक्रबार आँखा उपचार केन्द्र दिक्तेलमा २४ जना पत्रकारहरुले आँखा जाँच गराएका छन् । १३ जनालाई चिकित्सकको सल्लाह अनुसार चस्मा वितरण गरिएको प्रेस युनियनका सचिव चिसाङ शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार ४ जनाले आँखाको औषधि लगेका छन् ।

२४ सैं घण्टा कम्प्युटर र मोवाइलमा समाचार लेखनमा खटिएका पत्रकारहरुको आँखाको स्थिति कस्तो छ, उहाँहरुले आँखाको सुरक्षाका लागि चस्मा लगाउनु पर्ने वा नपर्ने भनेर बुझ्नका लागि स्थापना दिवसको अवसर पारेर आँखा जाँच तथा चस्मा वितरण कार्यक्रमको आयोजना गरिएको प्रेस युनियनका अध्यक्ष उत्तम चौलागाईँले बताउनुभयो ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रेस स्वतन्त्र सेनानी कृष्ण आचार्य, पत्रकार हरिबोल आचार्य, उजुर राई, भिम राई, दमन राई लगायतका पत्रकारले आँखा जाँच गरेर आवश्यकता अनुसार चस्मा लिनुभएको छ ।

नेत्र ज्योति संघका अनुसार जिल्लाभर १ हजार ५४२ जना दृष्टि विहिन, २ हजार ६२२ मोतिविन्दुका् समस्या भई अप्रेशन गर्नुपर्ने, ५ हजार ३८१ जनाले तत्काल चस्मा लगाउनुपर्ने र चस्माका लागि रिफर गरिएका संख्या २७ हजार रहेको छ ।
तस्वीर ः प्रेस स्वतन्त्र सेनानी कृष्ण आचार्य आँखा जाँच गराउनु हुंदै ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?