हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिए

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नाइजेरियामा हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिएका छन् । नाइजेरियाको वायुसेनाले उत्तरपूर्वी राज्य बोर्नोमा हालै गरेको हवाई कारबाहीमा ती लडाका मारिएका हुन् ।

नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड ग्याब्क्वेटका अनुसार बोको हरामका ‘कमाण्डर’ आफ्नो बोर्नोको एउटा गाउँमा सरेको र अन्य स्थानका चरमपन्थी लडाकूहरूसँगै बसेको गोप्य सूचनामा आधारित भएर वायु सेनाले गरेको कारबाहीमा ती लडाका मारिएको बताए ।

वायुसेनाले गरेको हवाई हमलाको पहिलो लहरमा दर्जनौं लडाका मारिएका, केही जीवित लडाका मारिएकाहरूको शव लिन आउँदा सेनाले गरेको अर्को कारबाहीमा उनीहरूपनि मारिएका उनले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?