सर्लाहीमा ‘मिटरब्याजी’ पीडितको संघर्ष समिति गठन

फाइल तस्वीर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीमा ‘मिटरब्याजी’ पीडितहरुले संघर्ष समिति गठन गरेका छन् ।

आज हरिवनमा भएको जिल्लाभरीका मिटरब्याजी पीडितहरुको भेलाले रुकमिनी चौधरी संयोजक रहेको ११ सदस्यीय संघर्ष समिति गठन गरेको हो । समितिको अध्यक्षमा रवीन्द्र कुशवाहा, उपाध्यक्षमा श्रद्धा चौधरी, सचिवमा सोन्फी चौधरी, कोषाध्यक्षमा छविलाल साह, सह–सचिवमा जवाहार साहलगायत हुनुहुन्छ ।

साहु महाजनले चर्को ब्याजमा ऋण दिएर बिल्लीबाठ बनाएपछि मिटरब्याजी पीडितले संघर्ष गर्दै आइरहेका छन् । कतिपय पीडितले मिटरब्याजमा ऋण लगानी गर्ने साहुले ऋण बुझाइसक्दा पनि ऋण मिनाह नगरेको भन्दै आन्दोलन गर्दै आइरहेका छन् ।

यो वर्ष पुनः माघ लागेपछि आफूहरुले मिटरब्याजी साहुविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको नवगठित संघर्ष समितिका अध्यक्ष रवीन्द्र कुशवाहाले जानकारी दिनुभयो । मिटरब्याजमा ऋण लगानी गर्ने साहुविरुद्ध प्रशासनले केही समयअघि उजुरी नै लिएको थियो । मिटरब्याजी पीडितले जिल्लामा तथा संघीय राजधानी काठमाडौँमा समेत पुगेर आन्दोलन गर्दै आइरहेका छन् ।

पीडितहरुको आजको भेलामा मिटरब्याजी साहुविरुद्धको आन्दोलनमा योगदान पुर्याउनुभएका स्वर्गिय डाचाराज वाग्लेप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?