जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको समन्वय र सहजीकरण तथा कादुरी एग्रिकल्चर एण्ड एसोसिएशन विट्रस गोर्खाज पोखरा,नेपालको आयोजनामा पालिकाको औ३ मा संचालन भएको निस्शुल्क बृहत स्वास्थ्य शिविरबाट यहाँका करिब दुई हजार ३४९ जना लाभान्वित भएका छन् ।
वैशाख १५ गतेदेखि १८ गतेसम्म तीनदिन आयोजित सो शिविरमा सिंजा क्षेत्रका विशेषगरी हिमा,कनकासुन्दरी र सिंजा गाउँपालिका स्थानीयवासिले विशेषज्ञ डाक्टरबाट स्वास्थ चेकजाँच सहित परामर्श समेत लिएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिनुभयो । बिट्रिस गोर्खाज् नेपालबाट विशेषज्ञ चिकित्सकहरूको टोलीले सिंजामै पुगेर यहाँका स्थानीयलाई निस्शुल्क स्वास्थ्य सेवा प्रदान गरेकाछन्।
अध्यक्ष धितालले पालिकाको-३ स्थित धितालिहीमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, पाठेघर, क्यान्सर, गाइने, आँखा, दात लगायत सबै प्रकारका रोगको उपचार गरी नि:शुल्क औषधि पनि वितरण गरिएको गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो । दुई हजार ३४९जाँच गरिएका बिरामीमध्ये १८७ जनालाई प्रयोगशालाबाट स्वास्थ परिक्षण गरिएको छ। महिला स्वास्थ्य सम्बन्धि गाइने ५१३ जनाले सेवा लिएका छन् । मुटुको जाँच १६५ जना , ६१६ जनाले दाँतको उपचार गरेका छन् ।
बहिरंग सेवा दुई हजार ६२ जना, एक हजार ५५८ जनाले आँखाको चेकजाँच गरेको सिंजा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिनुभयो । स्वास्थ्य पहुँचमा नपुगेका र दुर्गम क्षेत्रका नागरिकले गाउँघरमै विशेषज्ञसहितको सेवा पाउँदा निकै खुसी भएको सिंजा-३ स्थानीयवासी लालविर रोकायाले बताउनुभयो ।नेपाली भाषाको जन्म थलो सिंजामै आएर विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्ने पाउँदा आफुमा खुशी लागेकाे एग्रिकल्चर एण्ड एसोसिएशन बिट्रिस गोर्खाज् पोखरा, नेपालले जनाएको छ।सिंजाका १७१ जनालाई विभिन्न सीपमूलक तालिम समेत दिने बिट्रिस गोर्खाज् पोखराले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच