![होम्ताङका घरघरमा बुनिन्छ नाङ्लो](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/bhojpur-hotang-naglo-bundai.jpg)
भोजपुर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले नियत राम्रो भयो भने भ्रष्टाचारजन्य क्रियाकलापहरु घट्दै जाने बताउनु भएको छ । उहाँले भ्रष्टाचारजन्य क्रियाकलाप रोक्न नियत राम्रो बनाउन जरुरी रहेको बताउँदै स्थानीय तहहरुमा उठ्ने गरेको यस्ता कुराहरुका बिषयमा पनि जनप्रतिनिधि चोखो बन्न जरुरी रहेको बताउनुभयो ।
कोशी प्रदेशसभा सचिवालय बिराटनगरले भोजपुर सदरमुकाममा मंगलवार आयोजना गरेको स्थानीय कानुन तर्जुमा कार्यमा सहजीकरण बिषयक कार्यक्रममा बोल्नु हुँदै सभामुख बिष्टले प्रदेशसभा र स्थानीय तहका बीचमा समन्वयको अभाव देखिएको बताउनुभयो । प्रदेश सरकार मार्फत हुने स्थानीय तहका योजनाहरुका बिषयमा आफुहरुसँग समन्वय भएमा प्रदेश सरकार र मन्त्रीहरुसँग समन्वयकारी भुमिका निर्वाह गर्ने आफुहरु तयार रहेको पनि सभामुख बिष्टले बताउनुभयो ।
पहिलो प्रदेशसभाबाट ६२ वटा ऐन निर्माण भएको बताउँदै सभामुख बिष्टले अहिलेको दोश्रो प्रदेशसभाबाट आठ वटा बिभिन्न ऐनहरु जारी भएको बताउनुभयो । प्रदेश सरकार स्थिर हुन नसक्दा पनि समस्या हुने गरेको सभामुख बिष्टको भनाई रहेको छ ।
सोक्रममा प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले आफनो ठाउँको अवस्था र मौलिकता अनुसार कानुन निर्माण हुने भएकाले यो कसैसँग मिल्न नसक्ने बताउनुभयो । नाम मात्रै परिवर्तन गर्दा कानुन निर्माणमा समस्या हुने गरेको बताउँदै उपसभामुख दनुवारले स्थानीय स्तरको अनुकुल अनुसारको कानुन निर्माण जरुरी रहेको बताउनुभयो । प्रदेशले पनि स्थानीय तहसँग समन्वय गरेर अगाडी बढन जरुरी रहेको उपसभामुख दनुवारको धारणा छ ।
कार्यक्रममा प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले कोशी प्रदेशसभा एवंम सचिवालयको बर्तमान संरचना र कार्यसम्पादनको अवस्था र कानुन महाशाखाका उपसचिव डिल्ली प्रसाद आचार्यले स्थानीय कानुन तर्जुमा कार्यमा सहजीकरण बिषय समेटिएको कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो ।
स्थानीय तहहरुसँग बिज्ञ नहुँदा कतिपय कानुन निर्माणमा समस्या देखिने गरेको जनप्रतिनिधीहरुले धारणा राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तह बिद्यायन समितिका संयोजक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच