![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/kalopatre-shuru.jpg)
काठमाडौं । कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएपछि उहाँले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको हो ।
उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा बुधबार छलफल हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उहाँविरूद्ध पुर्जी जारी गर्न माग गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच