भाग्यशाली तामाङलाई आइएमईको १० लाख

Read Time = 1 min

काठमाडौं । आइएमईले दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई चेक हस्तान्तरण गरेको छ । कम्पनीले आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक अफरअन्तर्गत भाग्यशाली विजेता मेखलाल तामाङको सिफारिसमा चेक बेलीमाया तामाङलाई हस्तान्तरण गरेको हो ।

मलेसियाबाट आइएमईमार्फत् १४ हजार ५० रुपैयाँ पठाउनुभएकी तामाङले नगद १० लाख उपहारस्वरूप प्राप्त गर्नुभएको छ । मंगलबार काठमाडौं पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्रले चेक हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?