काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई पत्राचार गरेको छ ।
विभागले हवाई टिकटमै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्य व्यवस्थापन गर्न आग्रह गरेको हो । मलेसिया तथा मध्यपूर्वका मुलुकमा वैदेशिक रोजगारीका लागि श्रमिकहरूले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने भएकाले उडान समयभन्दा तीन घण्टाअघि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ ।
त्यसरी लामो यात्रामा पनि न्यूनतम खाना, खाजा तथा पानीसमेत नपाउने कामदारको गुनासोपछि विभागले सम्बन्धित निकायलाई पत्र काटिएकोे विभागका महानिर्देशक डुण्डुराज घिमिरेले बताउनुभएको छ । त्यसैगरी विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्र अधिकारभित्र रहेको काम गर्न सचेत गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच