काठमाडौं । काठमाडौं महानगरपालिकाले आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर तिर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाका अनुसार आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन भने पिपुल्स प्लाजाले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर तिरेको छैन ।
महानगरपालिका राजस्व विभाग प्रमुख धु्रव काफ्लेका अनुसार लामो समयसम्म कर नतिरेपछि ३५ दिनभित्र सबै बक्यौता रकम चुक्ता गर्न पत्राचार गरिएको हो । महानगरपालिकाले सो सम्बन्धमा केही दिनअघि स्थलगत अनुगमन गरी विवरण माग गरेको थियो । कम्प्लेक्स सञ्चालकलाई सात दिनभित्र विवरण पेश गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर बक्यौता तिर्न पत्राचार गरिएको उहाँले बताउनुभयो । लामो समयसम्म बक्यौता तिर्न आलटाल गरेपछि कामपाले पछिल्लोपटक पत्राचार गरेको हो ।
अनुगमन टोली परिचालन कार्यक्रम २०८० मा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरिएको छ । घर बहालमा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ । आरबी कम्प्लेक्समा तीन सय १५ व्यवसायी र पिपुल्स प्लाजामा एक सय ६० व्यवसायी छन् ।
त्यसैगरी महानगरपालिकाले मनोरञ्जन व्यवसाय गर्नेलाई कर भुक्तानीका लागि ३५ दिने सूचना जारी गरेको छ । ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिज, एलओडी (डिस्को) लगायतका लागि ३५ दिने सूचना जारी गर्दै महानगरले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई समेत मनोरञ्जन कर तिर्न भनेको छ । सोे अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनीसमेत दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच