पढेलेखेका युवाले पहल गरे देश विकसित हुनबाट कसैले रोक्न सक्दैन : उपाध्यक्ष भुसाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताउनुभएको छ । ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक कार्यक्रममा उहाँले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताउनुभयो ।

“देश बनाउने जिम्मा नयाँ पिँढीको हो”, पूर्वमन्त्री भुसालले भन्नुभयो, “नेपालमा केही भएन भन्दै बाहिर जाने अनि अर्काको देशमा बसेर नेपाललाई गाली गर्ने कुराले देश बन्दैन ।” देश बनाउन पढेलेखेका व्यक्तिले पहल गरे केही वर्षमै नेपाल विकसित हुनबाट कसैले रोक्न नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेतृ भुसालले ललितपुरको एम्स कलेजमा प्राध्यापन गरी विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा दीपक अधिकारी र सिद्धार्थ ढुङ्गानालाई पदक प्रदान गर्नुभएको थियो । सो अवसरमा सात शिक्षक र उत्कृष्ट अङ्क ल्याउने चार विद्यार्थीलाई सम्मान गरिएको थियो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?