धनगढी । कैलालीमा यही २८ गते शुक्रबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । शनिबार कैलालीको घोडाघोडीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी भइरहेको जानकारी गराइएको हो । कैलाली जिल्ला लिग फुटबल संघको आयोजना र घोडाघोडी क्लबको आयोजनामा हुने प्रतियोगिता वैशाख २८ गतेदेखि जेठ १२ गतेसम्म सञ्चालन हुने महासचिव ललित मिश्रले जानकारी दिनुभयो ।
‘हामीले घोडाघोडीमा भव्य तयारीबीच प्रतियोगिता सञ्चालनको तयारी गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘अखिल नेपाल फुटबल संघ एन्फाको दीर्घकालीन फुटबल खेलको विकासका लागि प्रतियोगिता आयोजना हुन लागेको छ ।’
प्रतियोगितामा जिल्लाका ‘ए’ डिभिजनका सात, ‘बी’ डिभिजनका ६ र क्वालिफायर्सका सात टिम गरी २० टिम सहभागी रहने महासचिव मिश्रले जानकारी दिनुभयो ।
२८ गतेदेखि प्रत्येक दिन तीन खेल खेलाइने जानकारी गराइएको छ । कैलालीमा पहिलोपटक जिल्ला लिग फुटबल प्रतियोगिता विजेताहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
‘ए’ डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५०० पुरस्कार पाउनेछन् । त्यस्तै ‘बी’ डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउनेछन् ।
जिल्ला लिग फुटबल प्रतियोगिताका लागि शनिबार ट्रफी पनि सार्वजनिक गरिएको छ । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काले प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुभएको थियो । ट्रफी सार्वजनिक गर्दै उहाँले घोडाघोडी नगरपालिकाका मेयर खड्क रावत, प्रवक्ता घनश्याम ओझा र स्थानीय आयोजक घोडाघोडी क्लबका होम तामाङलाई ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।
ट्रफी सार्वजनिक कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख खड्क रावतले खेलकुदका गतिविधि बढाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । पूर्वकप्तान खड्काले मोफसलमा फुटबलप्रतिको आकर्षण लोभलाग्दो भएको सुनाउनुभयो । उहाँले सरकारले खेलकुदमैत्री नीति बनाउनुपर्नेमा जोड दिनुभयो । कैलाली जिल्ला लिग फुटबल संघका अध्यक्ष अनिल मल्लले घोडाघोडीमा हुने लिग प्रतियोगिता अहिलेसम्मकै उत्कृष्ट हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच