![युनिलिभरविरुद्ध आन्दोलनमा उत्रिए स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uniliver-hetauda.jpg)
नवलपरासी । नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले शिक्षक सन्तुष्ट नभई शिक्षामा सुधार नहुने बताउनु भयो ।
नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसका अवसरमा गुणस्तरीय शिक्षा सम्बन्धि अन्तरकृयामा बोल्दै रावलले जतिसुकै राम्रो शिक्षा नीति ल्याएपनि कार्यान्वयनको बलियो पक्ष शिक्षक रहेको उहाँले बताउनु भयाे । नीति कार्यान्वयन गर्ने पक्ष सन्तुष्ट नभएसम्म कार्यान्वयन राम्रो नहुने बताउनु भयो ।
शिक्षकले अब आफ्ना माग राख्ने भनेको नै स्थानीय तह रहेको उल्लेख गर्दै रावलले भन्नुभयो, 'पहिले जिल्लामा समन्वय गरे हुने थियो । नेपालको सबिधान २०७२ को अनुसूची ८ ले शिक्षकलाई जिल्लाबाट गाउपालिका र नगरपालिकामा पुर्याइदियो ।' नेपाली काङ्ग्रेसले गरेको एउटा निर्णयले शिक्षकहरुले आन्दोलन नै गर्नु पर्ने बाध्यात्मक परिस्थितिको सृजना भएको उल्लेख्य गर्दै उहाले शिक्षकहरुको आन्दोलनका कारण शिक्षा बिधेक ससदमा पेस भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका निवर्तमान केन्द्रिय सदस्य नेत्रलाल न्यौपानेले शिक्षा ऎन अहिले सम्म नआउनु शिक्षक र देशका लागी दुर्भाग्य रहेको बताउनु भयो । 'जब सम्म शिक्षा ऎन आएर लागू हुदैन तबसम्म शिक्षकका समस्याहरु जस्ताको तस्तै हुन्छ ।' न्यौपानेने भन्नुभयो । सघिय शिक्षा ऎन आएर कार्यान्वयन नहुँदासम्म शिक्षकहरुको माग ठोस रुपमा सम्बोधन नहुने न्यौपानेको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशकी उपाध्यक्ष सीता शर्मा र शिक्षक महासंघका जिल्ला अध्यक्ष अरबिन्द्र कुमार पाठक, जिल्लाका सातै वटा पालिका स्तरिय शिक्षक संघका अध्यक्षहरु, विभिन्न विद्यालयका प्राध्यानाध्यापक र शिक्षकहरुले स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारसङ्ग सम्बन्धि विभिन्न जिज्ञासा राख्नु भएको थियो ।
शनिबार संघले गुरु गौरव नामक स्मारिका प्रकाशन, नया शिक्षकहरुलाई सम्मान, शिक्षक सहुलियत स्वास्थ्य सेवा सम्झौता र अन्तरकृया गरिएको संघ जिल्ला अध्यक्ष भोजराज चापागाईंले जानकारी दिनु भयो । संघले जिल्लामा पहिले पटक गुरु गौरव नामक स्मारिका प्रकाशन गरेको छ । जसमा शिक्षक संघ नवलपरासीको इतिहास, शैक्षिक ब्यक्तित्वहरुको लेख, रचना र संघले गरेका बिबिध कार्यक्रमहरु समाबेश गरिएको स्मारिकाका प्रधान सम्पादक एव संघका सहसचिव अर्जुन प्रसाद पाण्डेले जानकारी दिनु भयो । त्यस्तै जिल्लामा ८६ प्रावि ४ निमावि २ मावि गरि ९२ जना शिक्षकहरु स्थायी नियुक्ति लिनु भएको शिक्षकहरु मध्य केहि शिक्षकहरुलाइ सम्मान गरिएको छ ।
रामनगर सामुदायिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष देवराज भण्डारी र शिक्षक संघ नवलपरासीका जिल्ला अध्यक्ष भोजराज चापागाईंले सयुक्त रुपमा शिक्षक सहुलियत स्वास्थ्य सेवा सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । पन्ध्र शैयाको रामनगर सामुदायिक अस्पतालले शिक्षकको उपचारका लागी बेड चार्जमा २० प्रतिशत छुट, प्रसुडिअलमा १५ प्रतिशत छुट, ओपिडि र चेक अफ १० प्रतिशत र मेडिसिनमा ५ प्रतिशत छुट दिने गरि सम्झौता गरिएको अस्पतालका अध्यक्ष देवराज भण्डारीले उल्लेख गर्ने भयो । 'शिक्षक संघका साथीहरुको कार्ड र सिफारिसका आधारमा शिक्षकहरुलाई सहुलियत स्वास्थ्य सेवा प्रदान गरिने छ ।' भण्डारीले भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष शिबा रेग्मीको स्वागत रहेको कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष भोजराज चापागाईं र कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन प्रसाद पाण्डेले गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच