कालीकोट । हिमाल तथा पहाडमा ढुवानीको भरलाग्दो साधनका रूपमा परिचित खच्चड पछिल्लो समय हराउन थालेका छन् । सामान ढुवानी गर्ने हिमाली ट्रकको उपनाम पाएका खच्चड सडक यातायात पुगेसँगै हराउन थालेका हुन् । अहिले कालीकोटका कुनै पनि ठाउँमा खच्चड देखिँदैनन् ।
रास्कोट–२ का उदयराम चौलागाईंले केही वर्षपहिले गाउँमा सडक नहुँदा नौ वटा खच्चड किनेर सामान ढुवानी थाल्नुभयो । गाउँमा सडक थिएन । कर्णाली कोरिडोरको जितेबाट रास्कोट, पलाँता क्षेत्रमा सडक विस्तार नहुँदा चौलागाईंले किनेका नौ खच्चडले व्यापारीको सामान मात्र होइन, निर्माण सामग्रीसमेत बोक्ने गरेका थिए ।
पछिल्लो समयमा सडक पुगेसंगै खच्चडले काम पाउन छोडेपछि चौलागाईंले सबै खच्चड बिक्री गरिसकेको बताउनुभयो । गाउँमा सडक पुगेपछि सबै सामान व्यापारी र निर्माणकर्ताले गाडीमार्फत ढुवानी गराउन थालेपछि ‘हिमाली ट्रक’ ले बजार पाउन छोडेको उहाँले बताउनुभयो ।
स्थानीय सरकार सञ्चालनसँगै विकास निर्माणले तिब्रता पाएपछि अहिले घरघरमा सडक पुगेका छन् । सडक निर्माण भएसँगै यातायातका साधन बढी चल्ने भएपछि खच्चड हराउन थालेको नागरिकको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच