![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/kalopatre-shuru.jpg)
म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ७ मच्छिममा स्थानीयले श्रमदान,मेला र चन्दा जुटाएर निर्माण गरेको पर्यटकीय पूर्वाधार सहित भ्यू स्टेशन यस क्षेत्रको प्रमुख आकर्षक स्थल बनेको छ ।
मच्छिमको डाँडामा भ्यू स्टेशन सहितका पूर्वाधारहरु निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सुविधा पुगेको छ । पर्यटकीय पूर्वाधार निर्माण भएपछि गाउँमा वाह्य पर्यटकहरु समेत आउन थालेका स्थानीयले बताएका छन् ।
म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलो मिटर पश्चिमको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ । यातायातका साधन अथवा पदमार्गमार्फत पनि पुग्न सकिने यस ठाउँमा मुख्यतः छन्त्याल समुदायको बाहुल्यता रहेको छ । छन्त्यालका अतिरिक्त यहाँ गुरुङ, मगर, थकाली, भण्डारी, थापा, क्षेत्री तथा दलित समुदाय गरी करिब ११४ घरधुरीको मिश्रित बसोबास रहेको छ ।
आफ्नो गाउँमा पर्यटकीय पूर्वाधार निर्माणका लागि स्थानीय मच्छिमको भूमे युवा क्लब सक्रिय रहेको स्थानीय युवा नगेन्द्र मल्ल ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो ।
यहाँको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको उहाँले बताउनुभयो ।
“मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर मच्छिम भ्यू स्टेशनमा पूर्वाधार बनाएका हौँ”, उहाँले भन्नुभयो “पूर्वाधार निर्माणमा श्रमदानबाहेक करिब रु नौ लाख खर्च भएको छ ।”
मच्छिमको दृश्यावलोकनस्थलबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ जानकारी र सूचनामूलक बोर्ड राखिएको छ ।
गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने भएको छ । पानी पर्दा, हावाहुरी चल्दा प्रतिक्षालयमा आश्रय लिन सकिन्छ । यसैगरी शवदाहस्थल बनाएको, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको ठकुरीले जानकारी दिनुभयो । अल्पसङ्ख्यक छन्त्याल, दलित, थकाली, क्षत्री र मगर समुदायको बसोबास रहेको छ । गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्छ ।
धार्मिक, प्राकृतिक तथा सांस्कृतिक विविधताले सम्पन्न पश्चिममा मच्छिम बाट धवलागिरि, चुरेन, गुर्जा तथा मानापाथि हिमाल आँखै अगाडि देख्न सकिन्छ । गाउँबाट १ किमी पश्चिममा छन्त्यालहरूले टुकटुके र छिनोको माध्यमबाट खनिएको तामा खानी अवलोकन गर्न सकिन्छ । मच्छिम गाउँबाट केही माथि डाँडामा छन्त्याल जातीले कुल पूजा गर्ने कुल मन्दिर छ । त्यहाँबाट हिमशृङ्खला आँखै अगाडी नियाल्न सकिन्छ ।
गाउँको पर्यटन प्रवद्र्धनका लागि स्थानीय युवाहरु नै सक्रिय भएर लागेका स्थानीय अगुवा महिला तिला छन्त्यालले बताउनुभयो ।
उहाँका अनुसार युवाहरुले विविध सांस्कृतिक कार्यक्रम र चन्दा संकलन गरेर स्थानीय हेम नमूना आवासीय मावि काफलडाँडा, मच्छिमको भूमे आधारभूत विद्यालय र फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्री सहयोग समेत गरेका छन् । त्यसैगरी गाउँका विपन्नलाई दाल, चामल सहयोग गर्ने गरेका उहाँले बताउनुभयो । यहाँका युवाहरू फुर्सदको समयमा सामाजिक काम र खेलकुद गतिविधिमा सहभागी हुँदै आएका उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच