हस्तकला मेला हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले हस्तकला मेला अर्थात ह्याण्डिक्राफ्ट फेयर २०२४ आयोजना गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा वैशाख २७ गतेदेखि ३१ गतेसम्म काठमाडौको भृकुटीपण्डपमा हुने मेलामा परम्परागत तथा नवोदित हस्तकलाबाट तयार पारिएका घर सजावट समाग्री, सेरामिक, सूती, प्राकृतिक रेशाजन्य सामान, पश्मिना, फेसन डिजाइनका सामान, चाँदीका गरगहना, नेपाली कागजका सामान तथा विभिन्न उपहारका वस्तु रहने आयोजकले जनाएको छ ।

खासगरी नेपाल हस्तकला विदेशी पर्यटकका लागि र निर्यातका लागिमात्रै हुन् भन्ने मानसिकता परिवर्तन गरी नेपालका हस्तकला हाम्रा लागि पनि अमूल्यनिधि हुन् र आन्तरिक उपयोग पनि बढाउनुपर्छ भन्ने सन्देश प्रवाहका लागि मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

काठमाडौंको जनसंख्या दिन प्रतिदिन बढ्दै गइरहेको र खासगरी युवा पुस्ताले नेपाली हस्तकला प्रयोगतर्फ देखाएको चासोलाई ध्यानमा राखी विदेशमा निर्यात हुने स्तरका विशिष्ट हस्तकलाका सामानको बृहत् प्रदर्शनी गर्नु आवश्यक देखिएको मेला संयोजक तथा संघका महसचिव अनन्त गुप्ताको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?