एमालेले सुन तस्करलाई उन्मुक्ति दिने मनशायले छानविन समितिको माग गर्‍याे : सांसद दाहाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करीका अपराधीहरुलाई उन्मुक्ति दिनका लागि छानबिन समितिको माग गरेको बताउनुभएको छ । .

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले सुन तस्करहरुलाई उन्मुक्ति दिने गलत मनशायले एमालेले छानबिन समितिको माग गरेको बताउनुभएको हो । उहाँले अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि लगाउनु भयो । उहाँले एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने बताउनु भयो । उहाँले सुन तस्करीको विषय लेनदेनको विषय बनाउनु नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘आज उहाँहरुले छानबिन समिति बनाउनैपर्छ भन्ने छ । हाम्रो के कुरा छ भने सरकारकै तर्फबाट व्यवस्थित ढंगले अनुसन्धानको प्रक्रिया अन्तिम–अन्तिममा पुगिसकेको छ । अपराधीहरु पक्रेका छन् । सुन तस्कर पक्रेका छन् । छापा मारिएको छ । सुन गाल्ने मेसिन गिरफ्तारमा परेका छन् । त्यसकारणले गर्दा यो अनुसन्धान प्रक्रियालाई अवरोध गर्ने, अनुसन्धान प्रक्रियालाई विषयान्तर गर्ने र अनुसन्धान प्रक्रियालाई लम्ब्याउने, अपराधीलाई उन्मुक्ति दिने । कहीँ न कहीँ सरकार सुन तस्करको जरासम्म नपुगोस् भन्ने गलत मनशायसहित उहाँहरुले जो छानबिन समितिको माग राख्नुभएको छ । उहाँहरुको नियतमा आशंका छ । र सरकारको तर्फबाट त्यो छानविन समिति बनाउने प्रक्रियामा सहमत हुँदैन । सुन तस्करी पार्टीको मान्छे परे भने बचाउने लेनदेनको विषय बनाइएको छ । छानबिन समिति बनाएर लामो समय लम्ब्याउने र अपराधीहरुलाई उन्मुक्ति दिने, प्रमाणहरु नष्ट गर्ने उद्देश्यसहित नेकपा (एमाले) ले छानबिन समित बनाउने भनेको हो । तस्कर उन्मुक्ति दिन र प्रमाण नष्ट गर्न समय चाहिन्छ त्यसको लागि हो ।’

उहाँले सुन तस्करीका आरोपीहरुसँग माओवादी केन्द्रका नेताहरुको फोटो देखिएपनि माओवादी केन्द्रका नेताहरु सो प्रकरणमा अनुसन्धानमा नतानिएका बताउनु भयो । अनुसन्धानमा तानिएर दोषि ठहरिएमा मोआवादी नेताहरु पनि कारबाहीमा पर्ने उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?