अदानचुलीको घरदैलो स्वास्थ्य शिविरमा नौ सय ५० ले लिए सेवा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाले सञ्चालन गरेको घरदैलो स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहिबारदेखि सञ्चालन भएको शिविर शनिवार सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा नौ सय पचास जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो ।

गाउँपालिकाले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका जेष्ठनागरिक, बालबालिकाका लागि उक्त सेवा दिएको अधिकृत महताराले बताउनुभयो । अधिकृत महताराका अनुसार, अदानचुलीका नागरिकलाई घरमै पुगेर सेवा दिनका लागि विभिन्न ठाउँमा उक्त सेवा प्रदान गरिएको हो । स्वास्थ्य शिविरमा विभिन्न रोगका समस्याग्रस्त विरामीको उपचार गरिएको अधिकृत महताराले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य शिविरमा पहिलो दिन दुई सय चालीस, दोस्रो दिन दुई सय पैतालीस र तेस्रो अन्तिम दिन पाँछ सय पैैसठ्ठी जनाको चेकजाँच तथा उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख विनोद बुढाले बताउनुभयो । तीन दिनसम्म सञ्चालन भएको शिविरको गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया(सुधार) विभिन्न वडाका वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत महताराले अनुगमन गर्नुभएको थियो ।

वडा नम्बर पाँचमा रहेको काखे प्राथामिक विद्यालयमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ५६ जना महिला ४१ जना पुरुष गरी ९७ जनालाई चेकजाँच गरिएको छ । भने ११ जना दिर्घरोगीका विरामीलाईसमेत उपचार गरिएको स्वास्थ्यकर्मी मर बहादुर महताराले बताउनुभयो ।

यस्तै वडा नम्बरलाई केन्द्रित गरी पाल्सको लमैमा सञ्चालन भएको स्वास्थ्य शिविरमा एक सय पन्चानब्बे जनालाई उपचार गरिएको छ । उपचार गरिएका विरामीहरुको अबस्था सामान्य रहेको बताइएको छ । यस्तै वडा नम्बर पाँचमै रहेको करगाइमा सञ्चालन भएको शिविरमा एक सय ७३ जनाको चेकजाँच गरिएको हो । सामान्य चेकजाँचका लागि घण्टौको बाटो भएर स्वास्थ्य केन्द्रसम्म पुग्नु पर्ने जेष्ठनागरीकहरुको कष्ट बुझेर उक्त शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सिंहले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?