निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा न्यौपाने निर्वाचित

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 2 mins

चितवन । निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँ १ सय ६१ मतका साथ निर्वाचित हुनुभएको हो । अर्का उम्मेदवार भीष्म अधिकारीले ९२ र शिवप्रसाद लौडारीले ६ मत मात्रै प्राप्त गर्नुभयो ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा माधब प्रसाद पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा छवि गौतम १ सय ९२ मत ल्याएर बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी शैलेन्द्र भट्टराइले ६४ मत मात्रै पाउनुभयो । महासचिवमा पुष्कर अधिकारी निर्विरोध निर्वाचित हुनुभयो भने सचिवमा १४६ मतका साथ शिव ढकाल निर्वाचित हुनुभयो ।

ढकालका प्रतिस्पर्धी उत्सव भट्टराइले ११० मत पाउनुभयो । कोषाध्यक्ष पदमा प्रकाश तिवारी ९२ मतका साथ निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धीहरू प्रकाश पौडेलले ६५, विष्णु लामिछानेले ३४ र बसन्त खरेलले ६५ मत प्राप्त गर्नुभयो । त्यसैगरी सदस्यहरुमा रसिक श्रेष्ठ, अरुण श्रेष्ठ, देविप्रसाद भण्डारी, नमराज सिलबाल, आत्मराम कुमाल, रमाकान्त कोइराला, पदम अधिकारी र राजिव सडौला निर्वाचित भएको कार्यालय अधिकृत शंकर अधिकारीले जानकारी दिनुभयो । यस्तै महिला सदस्यमा सोभा न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?