जुम्ला विमानस्थलको धावनमार्ग विस्तारका लागि १८३ रोपनी जग्गा अधिग्रहण गरिँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

जग्गा अधिग्रहण कार्यका लागि जुम्ला विमानस्थल कार्यालय प्रमुख अधिकारीलाई ‘अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ तोकिएको जुम्ला विमानस्थल कार्यालयले जनाएको छ।

सूचना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?