काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लक्षित टिप्पणी गर्नुभएको छ ।
एमाले रसुवाको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्षओलीले प्रधानमन्त्री खान नपाएर माधव नेपाल हर्याक–हर्याक गरिरहेको टिप्पणी गर्नुभएको हो ।
‘हामी अहिले एउटा अभियानमा छौं, यो देश प्रधानमन्त्री हुनमात्रै हो, प्रधानमन्त्री हुन हर्याक हर्याक दमको बिरामीले जस्तो गर्दैछन् ।’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुन्छु कि भनेर नेता नेपाल छ्टपटाएको आरोप लगाउनु भयो । आफू अहिले प्रधानमन्त्री दौडमा नरहेको उहाँले स्पष्टसमेत पार्नुभयो ।
‘मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर । मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो ।’ उहाँले भन्नुभयो, ‘अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्यो ।’
यसअघि सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको भन्दै ओलीलक्षित टिप्पणी गर्नुभएको थियो ।
उहाँले एक कार्यक्रममा भन्नुभएको थियो, ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ ।' त्यसको जवाफ दिँदै अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्रीलक्षित जवाफ फर्काउनु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच