क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८ औं बुद्ध जयन्ती मनाइँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । २५५८ औं बुद्ध जयन्तीका अवसरमा क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव हुने छ ।

ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएशन अफ क्यानडासँगको सहकार्यमा मे २५ मा २५५८ औं बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको हो । वैशाख शुक्लपक्षको पूर्णिमाको दिनमा गौतम बुद्धको जन्म, महाबोधि ज्ञान लाभ र महापरिनिर्वाणको त्रिसंयोग दिवसलाई विश्वभर बुद्ध जयन्तीका रुपमा मनाउने गरिन्छ ।

कार्यक्रमबारे जानकारी दिँदै ह्योल्मो सोसाइटी अफ क्यानडाका अध्यक्ष विश्व स्याङ्वा ह्योल्मोले नेपालको संस्कृति जोगाउन र नयाँ पुस्तालाई आफ्नो संस्कृतिको बारेमा जानकारी गराउन विभिन्न कार्यक्रम गर्न लागेको बताउनु भयो । उहाँले मे २५ मा बुद्ध जयन्ती क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा भव्यताका साथ मनाउन लागेको बताउनु भयो । कार्यक्रममा यस वर्ष विशेष बौद्ध बज्रयान-महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो साँस्कृतिक नृत्य प्रस्तुति, द्विप “क्षेमी” प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरी भगवान गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सम्प्रेषण गरी २५६८ औं बुद्ध जयन्ती महोत्सव हुने बताउनु भयो ।

उहाँले नयाँ पुस्तालाई बुद्ध धर्मको बारेमा जानकारी गराउने, आफ्नो धर्म, संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागेको बताउनु भयो । उहाँले यसले नेपालमा पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ह्योल्मो सोसाइटी अफ क्यानडाले प्रत्येक वर्ष बुद्ध जयन्तीमा छोग्फुल कार्यक्रम आयोजना गर्दै आएको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?