धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँ पालिका वडा नम्बर १ गजुरीबजारमा ट्रक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का शनि घले रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख २९२० नम्बरको ट्रकले प्रदेश ३–०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परेका सुबिन सुनारको उपचारको लागि हाल काठमाडौं रिफर गरिएको छ ।
दुर्घटनापछि पृथ्वी राजमार्गको गजुरी बजारमा स्थानिय र पिडित पक्षले अवरोध गरेको ईलाका प्रहरी गजुरीले जानकारी दिएको छ ।
घटनास्थलमा मृत्यु भएकाको मुचुल्का नगरी शव उठाएपछि बजारबासीले बिरोध जनाउँदै राजमार्ग अवरुद्ध गरेको बुझिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच