त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत छ : शिक्षा राज्यमन्त्री

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत रहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राज्यमन्त्री कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत रहेको दाबी गर्नुभएको हो ।

उहाँले छनौटको सर्टलिस्टमा परेका व्यक्तिहरु बिरुद्ध सिफारिस समितिमा कुनैपनि उजुरी नआएकाले उनीहरुको छनौट प्रक्रिया अगाडी बढेको बताउनु भयो । उहाँले आरोपित व्यक्तिहरु विगतमा आरोपपछि पनि सरकारी नियुक्तिमा रहेर काम गरिसकेको भन्दै तिनै व्यक्ति अहिले सर्टलिस्टमा पर्नु स्वभाविक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अख्तियारले प्रश्न गरेको व्यक्ति अहिले युनिर्भसिटी ग्रान्ट काउन्सिल(क्युएए, काउन्सिल)मा पदाधिकारीको रुपमा छ । र सर्टलिस्टेडमा उहाँको नाम पनि छ । अहिलेको पदाधिकारीमा उहाँ हुनुहुन्छ नि नेपाल सरकारको । र सिफारिस समितिमा त्यो निवेदकको बिरुद्ध कुनै उजुरी पनि परेको छैन । त्यसैले त्यो प्रोसेसमा छ । बौद्धिक चोरी पछि, भिसी भएर समय समाप्त भएपछि यसपालि भिसी लिस्टमा रहेको अब कसैमाथि आरोप लागेको छ वौद्धिक चोरी गरेको छ भनेर, त्यो समय समाप्त भएपछि पनि त उहाँ भिसी पदमा बस्नुभएको थियो । र उहाँको सम्बन्धमा पनि कुनै उजुरी सिफारिस समितिमा परेको छैन । त्यसैले उहाँ सर्टलिष्टमा पर्नुभएको छ । सूचना लुकाएको जुन आरोप लागेको छ, त्यो व्यक्ति हाल टियुको निमित्त भिसीमा हुनुहुन्छ । जसलाई आरोप लाग्यो तर उहाँ अहिले त निमित्त भिसी त हुनुहुन्छ । अहिले नेपाल सरकारको एउटा पदमा हुनुहुन्छ उहाँ । र उहाँपनि सर्टलिस्टमा पर्नुभएको छ । किनकी सिफारिस समितिमा उहाँको बिरुद्धमा कुनैपनि उजुरी परेको छैन । त्यसैले उहाँपनि सर्टलिस्टमा पर्नुभएको छ । त्यसैले मलाई पूर्ण विश्वास छ, सिफारिस समितिले जुन प्रोसेस अगाडी बढाएको छ भिसी सेलेक्शन सम्बन्धमा । त्यो प्रोसेस एकदम कानूनसम्मत छ ।’

राज्यमन्त्री कुमारीले सर्टलिस्टेड भएका १४ व्यक्तिहरुको सोमवार(आज)देखि नै छनौटका लागि प्रश्तुति र अन्तर्वार्ताको प्रक्रिया अगाडी बढेको जानकारी पनि दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?