![युनिलिभरविरुद्ध आन्दोलनमा उत्रिए स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uniliver-hetauda.jpg)
डडेल्धुरा । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको उक्त कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताउनुभयो ।
उहाँहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते हुनुभएको छ। उहाँहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
![सत्ता गठबन्धनमा संकट](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/power-coalition-crisis-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच