बागलुङ । तपाईले कोदोबाट बनेको के के परिकार खानु भएको छ ? रोटी, ढिँडो, खोले, मम या मदिरा ? यतिमात्रै होइन कोदोबाट अरु थुप्रै चीजबिज बन्छ । अचेल कोदोबाट बनेको बिस्कुट पनि बजारमा छ्पाछ्याप्ती पाइन थालेको छ । बाग्लुङमा अर्गानिक खाद्य बालीको रुपमा रहेको कोदोलाई ब्राण्डिङ गरि बिस्कुट उत्पादन थालिएको छ ।
बागलुङको काठेखोला गाउँपालिकामा तीन महिनादेखि उत्पादन भइरहेको कोदोको विष्कुट छोटो सयमै उपभोक्ताको रोजाईमा परेको छ । काठेखोला गाउँपालिका–८ लेखानी कादेशका चानसिंह श्रीसले उत्पादन गरेको कोदोको विष्कुटले माग धान्न सकेको छैन ।
पुरानो खाद्य बालीको रुपमा रहेको कोदोलाई बागलुङमा ब्राण्डिङ गर्न गत फागुनबाट उत्पादन गरी विष्कुट बजारमा पठाइएको थियो । कोदोको पिठोबाट बिस्कुट उत्पादन थालिएपछि कोदोको विष्कुटको माग धान्न उद्योगलाई हम्मे हम्मे परेको छ । घरेलु उद्योग मार्फत काठेखोला गाउँपालिका–८ लेखानी कादेशका ३४ वर्षीय युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बजार पठाउदै आउनुभएको छ । उहाँले उद्योग फष्टाउदै आएपछि पाँच जनालई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आउनुभएको छ ।
गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धान पछि श्रीस कादोको बिस्कुट उत्पादनमा सफलता हासिल मात्रै गर्नुभएन श्रीसले देश विदेशमा चर्चा समेत कमाउदै आउनुभएको छ ।
“कोदोको विष्कुटको माग दैनिक १५ हजार थान छ, तर मेरो उद्योगको क्षमता दैनिक एक हजार ५०० छ, कोदोको विष्कुट उपभोग गरेका उपभोक्ताले पुन उपभोगका लागि माग गर्दै आउनुभएको पाइयो, बागलुङ बजार सहित विभिन्न छिमेकी जिल्लाका व्यापारीले कोदोको माग गर्दै आउनुभएको छ, मैले उहाँहरुको माग पु¥याउनै सकेको छैन” मागको ३० प्रतिशत मात्रै कोदोको विष्कुट पठाउन सफल भएको छु, ७० प्रतिशत माग पु-याउन भारतबाट अत्याधुनिक विष्कुट बनाउने उपकरण भित्राउदै छु, एक महिना भित्र उक्त उपकरण आएपछि माग अनुसार उत्पादन हुन्छ ।”
२०७७ सालमा स्थापना गरिएको उद्योगले अहिले बल्ल कोदोको बिस्कुट उत्पादन गरेर बजारमा पु¥याएको श्रीसको भनाई छ । गाउँमा उत्पादन भइरहेको कोदोको महत्व जगाउदै कोदोको स्वादमा जागा इन्टरनेशनल इन्भेष्टमेन्ट एण्ड रिसर्च सेन्टर प्रालिले कोदोको बिस्कुट बजारमा पु-याइएको छ ।
लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययन पश्चात पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी चानसिंह श्रीसले जानकारी दिनुभयो । उहाँले रु. ४० लाख लागतमा नयाँ उपकरण भारतबाट ल्याउदै गरेको बताउनुभयो । उहाँले कोदोको विष्कुटले यस्तो लोकप्रियता कमाउला भनेर आफूले नसोचेको बताउदै कोदोको विष्कुटको विदेशबाट समेत माग भएको सुनाउनुभयो ।
उहाँले जापानमा समेत आफ्नो विष्कुट प्रदर्शन भइसकेको सुनाउनुभयो । घरेलु उद्योगको हिसाबले साँनो पुँजीमा शुरु गरेको उद्योगमा राष्ट्रिय उद्योगको जस्तो माग आएपछि संरचना निर्माणको काम समेत जारी रहेको बताउनुभयो । उहाँले उपभोक्ताको माग अनुसार उद्योग विस्तार, उपकरण थप संगै कर्मचारीहरु वृद्धि गर्दै आएको बताउनुभयो ।
“धान्नै नसक्ने माग आयो, अहिले उद्योगको क्षमता विस्तारमा लागेको छु, २० लाखमा शुरु गरेको उद्योग अबको एक महिनामा करोड लागत पुग्छ, माग अनुसारको विस्कुट उत्पादनका लागि एक महिना लाग्छ” उहाँले भन्नुभयो “अहिले नयाँ उपकरणका लागि संरचनाहरु निर्माण भइरहेको छ, कोदोको विष्कुटको माग धान्न नसकेर फोन उठाउनै नसक्ने भए, देशभरबाट कोदोको विष्कुट चाहियो भन्नु हुन्छ, दैकिन एक हजार ५०० थान विष्कुट बागलुङ बजार पठाउदै सकिन्छ ।”
सिए पढ्ने सपना अधुरै राख्नुभएका श्रीसले एदोगमा भने सफलता पाएको सुनाउनुभयो । पाँच वर्ष काठमाण्डौमा रेष्टराँ चलाउदै आउनुभएको श्रीसले कोरोना कालमा गाउँ फर्केपछि कोदोको बिस्कुट उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
कुनै समय गरिबको खानाको रुपमा चिनिएको कोदोको परिकारको महत्व पछिल्लो समय बढिरहेको सन्दर्भमा बागलुङका युवा व्यवसायी श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गर्दै आउनुभएको छ । अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई रु. २० मा बजार पठाएको बताउनुभयो । जस्लाई नेपाल सरकारले गुणस्तरको चिन्ह समेत प्रदान गरिसकेको छ ।
उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामिण साना घरेलु उद्योग स्थापना कार्यक्रम अन्र्तगत रु. १० लाख अनुदान पाएपछि आफूले उद्योग शुरु गरेको उहाँको भनाई छ । गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई बहुमुल्य बनाउन बिस्कुट निर्माण गरेको उहाँको भनाई छ । विष्कुटमा धेरैमात्रमा कोदोको पिठो भएपनी गहुँ, घिउ र तेलको समेत समिश्रण हुँने गरेको छ ।
आफुले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रणको कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको हो । अर्गानिक गाउँको उत्पादित कोदोबाट बनाइएको बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा गर्ने उहाँको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच