सरुले एसियाडका बाँकी खेल गुमाउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूले चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने हुनुभएको छ । एसियाडमा शुक्रबार भियतनामविरुद्धको खेलमा घुँडामा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने हुनुभएको हो । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ ।

भियतनामविरुद्धको खेलको ३५औँ मिनेटमा बायाँ खुट्टा ट्विस्ट भएपछि सरुले मैदान छाड्नुपरेको थियो । सरुको बायाँ खुट्टाको एसिएल र मिनिस्कसमा चोट लागेको छ ।

चोटका कारण सरुले झण्डै नौ महिना मैदानबाहिर रहनुपर्ने अनुमान गरिएको छ । चीनमा नै सरुको शल्यक्रिया गरिने भएको छ । भियतनामविरुद्धको खेल नेपालले २-० ले गुमाएको थियो । नेपालले सोमबार जापानसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?