काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पु¥याउने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालय (केयु)सँग सहकार्य गरेको छ । एक कार्यक्रमबीच बैंकले केयुको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र केयुका उपकुलपति डा. भोला थापा, ग्रिन हाइड्रोजन ल्याब प्रमुख डा. विराजसिंह थापालगायतको उपस्थिति रहेको थियो । ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्नेछ ।
उक्त सहयोगबाट बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असीमित सम्भावना अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच