हेटौंडा । हेटौंडामा उच्च शिक्षामा चुनौतिहरू रोजगारी, दिगो क्षमता र रिटेनिङ ड्रपआउट विषयमा दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा शुक्रबारबाट सुरु भएको कार्यक्रम युवा लक्षित गरेर राखिएको हो।
कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जमर्कटेलले उच्च शिक्षा मात्र नभएर विद्यालय क्षेत्रदेखि नै सुधार गर्दै आउनुपर्ने बताउनुभयो। ‘हाम्रो शिक्षा नितान्त सैद्धान्तिक छ, व्यवहारिक भएन, शिक्षामा सिन्डिकेट गरिएको छ, माध्यमिक तहको सैद्धान्तिक शैक्षिक हासिल भएपनि विद्यार्थी व्यवहारिक र प्राविधिक शिक्षाको अभावमा बेरोजगार हुन पुगेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले शिक्षा नीति बनाएको स्मरण गराउँदै, माध्यमिक तहका विद्यालयहरु आवास सहित एक वडा एक हुने, नर्सिङ र इन्जिनियरिङ कोर्स विधालय स्तरमा राखिने गरि नीति बनाएको उहाँले बताउनुभयो । मकवानपुर बहुमखि क्याम्पसलाई प्रादेशिक बिश्वविधालय बनाउने तर्फ अघि बढेको, उच्च शिक्षामा देखिएको समस्या समाधानमा संघ प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रि कुमारी मोक्तान, खानेपानी तथा सिंचाइ मन्त्र एकलाल श्रेष्ठ, जिसस प्रमुख ललित घलान, हेटौंडा उपमानगर पालिका प्रमुख मिना कुमारी लामा, संविधान सभा सदस्य प्रह्लाद लामिछानेलगायतले धारणा राख्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच