![कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार पक्राउ](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/krishi-bikash-bank.jpg)
पाँचथर । मेची राजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ गाउँपालिका वडा न.७ हेवाखोलामा अहिले साँझ भएको सवारी दुर्घटना परेर एक ब्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगन्ज बस्ने ३५ वर्षका चालक श्याम वि.क. रहेका छन् । दुर्घटनामा परेर इलामका ३१ वर्षिय लक्ष्मण मुखिया गम्भिर घाईते भएका छन् ।
चालक वि.क.को पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र घाईते मुखियाको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि झापा तर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरले बताउनुभयो ।
त्रिशक्ति कन्ट्रक्सन को कर्मचारी बोक्ने बा १७ च ७९९९ न.को टोयटा गाडी अनियन्त्रित भई सडक बाट करिब २५ मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी वरिष्ठ नायव निरिक्षक नर बहादुर तुम्हाम्फेको कमाण्डमा खटिएको १३ जनाको प्रहरी टोलीले उद्धार गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच