बजेटले होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छ : अध्यक्ष साह

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडाैं । होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताउनुभएको छ ।

संघका अध्यक्ष साहले चालु आर्थिक वर्षको बजेटमा होटलहरुमा लक्जरी कर लागू गरेको र त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश नगएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा सरकारले खारेज गर्नुपर्ने बताउनु भयो । अध्यक्ष साहले सरकारले पर्यटन प्रवर्द्धनको लागि करको दायरा बढाउने तर नयाँ कर थप गर्न नहुने बताउनु भयो । उहाँले लक्जरी कर लागू भएको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको बताउनु भयो ।

अध्यक्ष साहले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु बनेपनि सञ्चालनमा आउन नसकेको बताउनु भयो । उहाँले सरकारबाट पर्यटन व्यवसायीहरुले बजेटमा पर्यटन प्रवर्द्धनकारी नीतिको अपेक्षा गरेको बताउनु भयो । उहाँले सरकारले पर्यटन प्रवर्द्धनको लागि बनेका पर्यटन पूर्वाधारहरुलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन नसकेको र बैंकको किस्ता ब्याज बुझाउन नसकेको भन्दै त्यसलाई सरकारले सहजिकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले बजेटले पर्यटक दशक भनेर घोषणा गरेपनि काम गर्न नसकेको बताउनु भयो । उहाँले सरकारले कृषि,रोजगारी,आइटी र पर्यटनमा समेत दशक घोषणा गर्ने काम मात्रै गरेको भन्दै आगामी बजेट विगतको भन्दा फरक बजेट ल्याउन सुझाव दिनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धन नीतिहरुलाई पुनः संरचना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धन नीतिहरुलाई पुनः संरचना गर्ने भनिएको भन्दै बजेटमा समावेश गरी कार्यान्वयन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले वि.स. २०३५ सालको पर्यटन ऐनमार्फत चलिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धनमा अहिलेको जुन गति छ । त्यसमा भएका कामकारबाही र नीतिहरुलाई पुनः संरचना गर्ने भनिएको छ । पर्यटन व्यवसायीहरुले खाजेको कुरा पनि यही हो । २०३५ सालको पर्यटन ऐन मार्फत हामी चलिरहेका छौं । पर्यटन अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नुपर्छ । नेपालमा पर्यटक आउनुपर्ने कारण र नीति योजनाहरुलाई समाउन सक्नुपर्ने छ । पर्यटकलाई दिने सेवा सुविधा गुणस्तरीय हुनुपर्छ । पर्यटकले खर्च गर्ने अनुपातमा सेवा सुविधा दिन सक्नुपर्छ । त्यसको लागि नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमहरु बजेटमार्फत आएको खण्डमा सहज रुपमा अगाडि बढ्नसक्छौं । अहिलेको अवस्था चुनौतीपूर्ण छ । ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा पुगेका छौं । तर मुलुकमा १० लाखको हाराहारीमा मात्रै पर्यटक आइरहेका छन् । क्षमताको एक तिहाई मात्रै सञ्चालनमा होटलहरु रहेकाले क्षमता कसरी बढाउने काम गर्नुपर्छ । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु बनेका छन् । सञ्चालनमा आउन सकेका छैनन् । पर्यटन व्यवसायीहरुले बजेटमा धेरै अपेक्षा गरेका छौं । सरकारले पर्यटन प्रवर्द्धनको लागि बनेका पर्यटन पूर्वाधारहरुलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्छ । पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन सकेको छैन बैंकको किस्ता ब्याज बुझाउन सकेका छैनौ । त्यसको लागि सरकारले सहजिकरण गर्नुपर्छ । चालु आर्थिक वर्षमा होटलहरुमा लक्जरी कर लागएको छ । त्यसले विश्वभर राम्रो सन्देश गएको छैन । त्यसले अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी हुन सकेको छैन । पर्यटन क्षेत्रमा करको दायरा बढाए पनि नयाँ करहरु थप हुनु भएन । बजेटले पर्यटक दशक भनेर घोषणा गरेको छ । दशकका कुरा कृषि,रोजगारी र आइटीमा समेत छ । पर्यटक दशक घोषणा भएपनि केही काम हुन सकेको छैन । विगतको भन्दा यो वर्ष फरक बजेट आउँछ भन्ने अपेक्षा हो ।

उहाँले नेपालमा पर्यटक आउनुपर्ने कारण र नीति योजनाहरुलाई समाउन सक्नुपर्ने बताउनु भयो। उहाँले पर्यटकले खर्च गर्ने अनुपातमा सेवा सुविधा दिन सक्नुपर्ने बताउनु भयो । उहाँले ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा पुगे पनि १० लाखको हाराहारीमा मात्रै पर्यटक आइरहेको बताउनु भयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?