काठमाडौं । टिभिएसले टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी नामक नयाँ वर्ष योजनाका विजेतालाई पुरस्कृत गरेको छ । कम्पनीले नयाँ वर्ष योजनाअन्तर्गत ग्राहकलाई टिभिएस बाइक तथा स्कुटर खरिदमा लाइफटाइम वारेन्टी सुविधाका साथै हरेक हप्ता शतप्रतिशत क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्जमा बजार मूल्यभन्दा थप मूल्यांकन र बजारकै सबैभन्दा कम इएमआई तथा सजिलो फाइनान्सलगायत आकर्षक अफर घोषणा गरेको थियो ।
सोही अफरअन्तर्गत अंकुश साहले एनटर्क ड्रम खरिदमा ५० हजार पुरस्कार प्राप्त गर्नुभएको छ भने सपना सापकोटाले एनटर्क रेस एडिसिन र गोदावरी ठगुन्नाले एनटर्क आरटिएफआईको खरिदमा शतप्रतिशत क्यासब्याक तथा रामबहादुर राणाले रेडर खरिदमा ५० हजार पुरस्कार जितेका छन् ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुर्ईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक बिक्रेता हो । कम्पनीले देशभर एक सय ४० भन्दा बढी डिलरमार्फत् ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच