सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनमा रहेको साना किसान कृषि सहकारी संस्थाले आजबाट लालबन्दी बजारमा दुग्ध तथा खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थ र खाद्यान्न सोझै उपभोक्तासम्म पु¥याउने उद्देश्यले लालबन्दी नगरपालिका ७ स्थित बजारमा बिक्री केन्द्र स्थापना गरिएको हो । दुग्ध तथा खाद्यान्न बिक्री केन्द्रको लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले रिवन काटेर उद्घाटन गर्नुभएको छ ।
संस्थाले बैशाख १ गतेमात्रै हरिभवनस्थित कार्यालय परिसरमा दुग्ध सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएको थियो । संस्थाले लामो समयदेखि किसानले उत्पादन गरेको धान समेत खरिद गर्दै आइरहेको छ । संस्था परिसरसँगै अब बजार क्षेत्रमा पनि बिक्री केन्द्र राखेर धेरै भन्दा धेरै उपभोक्तालाई सहुलियत दरमा दुग्धजन्य पदार्थ र चामल बिक्री गर्ने उद्देश्यले लालबन्दी बजारमा बिक्री केन्द्र स्थापना गरिएको संस्थाका मुख्य प्रवन्धक प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।
बिक्री केन्द्रको उद्घाटन कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिन, निवर्तमान नगरप्रमुख मानबहादुर खड्का, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, संस्थाका अध्यक्ष दशरथ चौधरीलगायतको आतिथ्यता रहेको संस्थाका संचालक समिति सदस्य राजनारायण चौधरीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच