काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आईतवार निर्वाचन आयोगमा निवेदन परेको थियो ।
आयोगले सोमवार(आज) सो दललाई दल दर्ताको प्रमाणत्र दिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै आयोगले सो कुराको जानकारी संघीय संसद सचिवालयलाई पनि गराएको छ । राई नेतृत्वको जसपामा ७ जना सांसदहरु रहेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको व्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिनुभयो । उहाँले आगामी वैशाख २८ गते संसदको बजेट अधिवेशन आह्वान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोही अनुसारको सिट व्यवस्थापन गरिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘आज निर्वाचन आयोगबाट दर्ता कायम रहेको जनता समाजवादी पार्टी नेपाल नामक राजनीतिक दलबाट छुट्टीइ जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गर्नेगरी निर्वाचन आयोगको बैशाख २४ गतेको बैठकबाट निर्णय भएको भनि र सो व्यहोरा उल्लेख गरी संघीय संसद सचिवालयलाई पत्र प्राप्त भएको छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल विभाजन भएर निर्वाचन आयोगबाट त्यसको पुष्टि गरेर पत्र आइसकेपछाडी निश्चय नै सदनमा उहाँहरु कहाँ बस्ने भन्ने सन्दर्भमा उहाँहरुसँग सोध्छ । उहाँहरु सत्तापक्ष वा प्रतिपक्षमा बस्ने जानकारी गराएपछि सोही अनुकुलको सिट व्यवस्थापनको काम संसद सचिवालयले गर्छ । संसदीय दल गठन गर्न केही विवरण उपलब्ध गराएपश्चात उहाँहरुलाई सचिवालयले संसदीय दलको कार्यालय समेत उपलब्ध गराउँछ ।’
उहाँले जसपालाई संसदीय दलको कार्यालय समेत उपलब्ध गराइने बताउनु भयो । जनता समाजवादी पार्टी, नेपालबाट फुटेर बनेको जसपा राष्ट्रिय मान्यताप्राप्त दल हो वा होइन भन्ने कुराको पुष्टि भने निर्वाचन आयोगले गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच