एनआइसी क्यापिटलको अफर

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया क्यापिटलले पे वन टाइम फरगेट फर लाइफटाइम भन्ने नाराका साथ नौ सय ९९ रुपैयाँमा लाइफटाइम डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले न्यून शुल्कमा ग्राहकलाई उच्च कोटिको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ उक्त योजना ल्याएको जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले एकमुष्ठ नौ सय ९९ रुपैयाँ भुक्तानी गर्दा आजीवन डिम्याट खाता सञ्चालन गर्न मिल्ने गरी डिम्याट खाता नवीकरण हुनेछ । कुनै पनि निक्षेप सदस्यमा डिम्याट खाता खोली सेयर कारोबार गर्ने खातावालाले प्रत्येक वर्ष डिम्याट खाता नवीकरण शुल्कबापत एक सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

नवीकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्री गरेको सेयर निर्धारित समयमा राफसाफ नभई हजारौं जरिवानासमेत भुक्तानी गर्नुपर्ने अवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?