![बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Dubera-nidhan-Water-mirtu-Hita.jpg)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५,की सलिना थापा बानियाँले एक महिने कुक तालिममा सहभागि छन् । बैदेशिक रोजगारीमा सजिलो हुने र जागिरको समेत समस्या नहुने भन्दै सलिनाजस्तै सिसन नेपाली र रिना खत्रीले खानाको परिकार बनाउने तालिम लिन आएको उहाँले बताउनु भयो ।
म्याग्दीको सदरमुकाम बेनीमा सिटिइभिटीबाट मान्यता प्राप्त एसियन होटल टे«निङ्ग सेन्टरले आयोजना गरेको तालिममा महिला र पुरुष गरी ६० जना सहभागि छन् । सोमबारदेखि शुरु भएको तालिममा बैदेशिक रोजगारीमा जाने र सीप सिकेर स्देशमै स्वरोजगार बन्ने उद्धेश्यले महिलाहरु तालिममा सहभागि भएको बताएका छन् ।
चिटिक्क पहिरनमा हँसिलो मुहारसँगै तालिममा सहभागी महिलाहरु निकै उत्साहित देखिन्छन् । ‘खानाको परिकार बनाउने सीप कुक तालिम लिन्छु र सीप सिकेर विदेश जाने सोच छ, सीप भएपछि स्वदेशमै पनि रोजगारको समस्या नहुने रहेछ’ बेनी नगरपालिका–१ की रिना खत्रीले भन्नुभयो । कुक तालिम लिएपछि काम पाइने, आकर्षक कमाइ हुने र आतिथ्य सत्कारमा समेत थप सहज हुने उहाँको भनाई छ ।
तालिममा नेपाली, इन्डेन, चाइनिज, कन्टीडेन्टल लगायतका खानाका परिकार बनाउन मात्रै नभई होटलमा आउने ग्राहकको रोजाई अनुसारको परिकार बनाउने, थप नयाँ परिकारका बारेमा समेत प्रशिक्षक अस्मिता दाहालले सिकाउनु हुन्छ ।
‘सिप भए अवसरको समस्या हुँदैन, स्वरोजगार बन्ने सपना देखेपछि कुकु तालिमले रोजेको छु’ तालिममा सहभागि सिसन नेपालीले भन्नुभयाे । तालिम बाहेक यूटुव लगायत विभिन्न माध्यमबाट समेत सिक्ने अवसर मिलेको उहाँले बताउनु भयो ।
सीप सिकेर पहिलो आफ्नै होटेल खोलेर सीपको प्रयोग गर्ने, लगानी नपुगे होटेलमा काम गरेर स्वरोजगार बन्ने योजना रहेको जलजला गाउँपालिका–५ गैरगाउँका सुर्य शर्माले बताउनु भयो । मलेसियामा ५ बर्ष बसेर फर्किएका शर्माले सीप भए विदेशमा कमाई राम्रो रहेको बताउनु भयो । तालिम सिकेर व्यवसाय सञ्चालन गर्नुका साथै नभए अरूलाई सिकाएर पनि कमाउन सकिने शर्माको भनाई छ ।
पछिल्लो एकदशक यता करिब एक हजार जनालाई तालिम दिइसकेको एसियन होटल टे«निङ्ग सेन्टरका सञ्चालक रविन घलेले कुक तालिम लिनेहरु बेरोजगार बस्न नपर्ने बताउनु भयो ।
‘तालिम लिएका कुकलाई खाली हात बस्नुपदैन्, अहिलेसम्म तालिमपछि आफै ब्यवसाय सञ्चालन गर्ने धेरै छन्’ घलेले भन्नुभयो ।
म्याग्दीमा होटल तथा रेष्टुरेन्टमा कार्यरत दक्ष जनशक्ती अधिकांस जिल्ला बाहिरबाट आउने गरेको अवस्थामा जिल्लाभित्रै माग उच्च रहेको उहाँले बताउनु भयो ।
छोटो, मध्यम र लामो प्रकारको तालिममा सहभागी कुकले नेपालभित्र नै राम्रो रोजगारीको अवसर पाउने गरेको बताउनु भयो ।
तालिममा बढी भन्दा बढी प्रयोगात्मक हुने भएकाले सीटीईभीटीको पाठ्यक्रम अनुसार ८० प्रतिशत प्रयोगात्मक हुनुपर्ने बताउनु भयो । कोर्स सकेका ९० प्रतिशत हाराहारीले रोजगारी पाउने उहाँले बताउनु भयो ।
जेहेन्दार विद्यार्थीलाई शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिएर समेत तालिम सञ्चालन गर्ने गरिएको छ । म्याग्दीमा कुक, वेटर, वेट्रेस, हाउस किपिङ, बार टेण्डर, नान तन्दुरी रस्पेशल डिप्लोमा लगायतका तालिमहरुमा माग धेरै छ ।
’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच