![बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Dubera-nidhan-Water-mirtu-Hita.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घको जलवायुसम्बन्धी एजेन्सी ‘युएन एफसिसी एसबिएसटिए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनले निम्त्याएका असर एवं यस मुद्दामा नेपालले गर्दै आएको नेतृत्वदायी भूमिकालगायतका विषयमा छलफल भएको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरण गर्नका लागि जलवायु कोषबाट नेपालले पर्याप्त लाभ पाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असर कम गर्नका लागि योजनाबद्ध एवं संस्थागत तवरले अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसका लागि युएन एफसिसीको सहयोग आवश्यक छ भन्नुभयो । भेटवार्तामा अध्यक्ष ह्यारीले हिमाल र पर्वतीय मुलुकका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेपालको सक्रियप्रति खुसी व्यक्त गर्नुभयो ।
उहाँले जलवायुसम्बन्धी विश्व सम्मेलनमा नेपालले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच