काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार रोहित पौडेलको कप्तानीमा वेस्ट इण्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरेको हो ।
टोलीमा स्पिनर सागर ढकाल र तिब्र गतिका बलर कमल सिंह ऐरी पनि परेका छन् ।
अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा छन् ।
विश्वकपमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन १२, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १५ र चौथो खेल बंगलादेशसँग जुन १७ मा खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच