काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । इतिहासविद् नेपालको यही जेठ १ गते मङ्गलबारका दिन निधन भएको थियो ।
नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा उहाँले पु-याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । साथै उहाँले शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
विसं १९८९ माघ १७ गते भोजपुरको सिक्तेलमा जन्मनुभएका उहाँ इतिहासलाई प्रमाणिक रुपले लेख्ने पहिलो पुस्ताका एक विद्वान् हुनुहुन्थ्यो । ‘संशोधन मण्डल’ का आजीवन स्वयंसेवी सदस्य ज्ञानमणिको संस्कृत वाङ्मय र शिलालेख तथा ऐतिहासिक दस्तावेजका भाषामा गहिरो पकड रहेको थियो ।
उहाँका ‘नेपालको महाभारत’ र ‘नेपाल निरुक्त’ लगायतका दुई दर्जन जति पुस्तकहरु प्रकाशित छन् । सभापति देउवाले नेपालको राजनीतिक इतिहासको नयाँ अध्यायको अनुसन्धान गर्नुभएका ज्ञानमणिको निधनबाट नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र