![युनिलिभरविरुद्ध आन्दोलनमा उत्रिए स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uniliver-hetauda.jpg)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली हाडेखानी डाँडामा बुधबार (आज) दिउसो तीन बजे ट्याक्तर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
जंगलबाट दाउरा लिएर फर्किदै गरेको बा १ त ६९४२ नम्बरको ट्याक्टर सडकदेखि करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा परी चालक कृष्ण किसान सहित रोहित पुन,लालबहादुर छन्त्याल, विजय किसान र पवन पुन घाइतेहुनुभएको छ । घाइतेहरू मध्ये चालक किसान र विजय किसान सोही नगरपालिका वडा नम्बर ६ डम्मराका हुनुहुन्छ भने अन्य तीन जना बेनी नगरपालिका ३ भकिम्लीका हुनुहुन्छ ।
घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि बेनी अस्पताल ल्याइएको छ । अहिले घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको छ । टाउको, नाकसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । ट्याक्टर टुक्रा/टुक्रा अवस्थामा फेला परेको छ ।
दुर्घटनाको कारण खुलेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच