तीन सय २० किमी माइलेज दिने राफ्टमा आकर्षण

Read Time = 2 mins

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा छभन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटर छन् । एकैपटक चार्जमा तीन सय २० किलोमिटरसम्म माइलेज दिने, उचित मूल्य, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमै लोकप्रिय बनेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार फायर पु्रफ ब्याट्री, रिभर्स गियर, हाइट एडजसटेबल सोक्क अब्सोर्बर, मल्टी मोड्स अफ ड्राइभिङ, द्रुत चार्जका लागि १० एम्प चार्जर, राम्रो सुरक्षाका लागि बाक्लो बडी, कि-लेस स्टार्ट, डिआरएल हेडलाइट, थेफट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट-अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधा स्कुटरमा उपलब्ध छन् । आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार राफ्ट स्कुटरको मूल्य एक लाख ९९ हजार रुपैयाँमात्रै रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?