नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ९ र ११ को सिमाना सुनटाँडीमा डोजर चलेको छ । बर्दघाट नगरपालिकाले नगरभित्रका खोला र घोला सफाइ गर्ने क्रममा डोजर चलाइएको हो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरले डुवानबाट नगरबासीलाई बचाउ साबिकका खोला र घोलाको सफाइ गर्ने अभियान सुरु गरिएको बताउनु भयो । 'बर्दघाट नगरले खोला र घोला सफाइलाई तिब्रता दिइरहेको छ । अहिले वडा नम्बर ९, ११ र ४ मा रहेका घोलाहरु आज र भोलि सफाइ गर्दैछौं ।' नगरप्रमुख श्रेष्ठले भन्नुभयो । बर्खा अगाडि नै बर्दघाटलाई डुवान बनाउने खालका घोला सफाइ गरिसक्ने गरि बर्दघाट नगरपालिका अगाडी बढेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
नगरबासीबाट खोला र घोलाका कारण ढुबान भएको गुनासो ब्यापक रुपमा बर्षेनी आउने गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर ०९ सुनटाडीका स्थानीयले धेरै पटक घोला सफाइ नभएका कारण डुबानमा परेको गुनासो गरेपछि अहिले सुनटाडी बाट नै घोला सफाइ सुरु गरिएको वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले बताउनु भयो । 'मैले गत बर्षनै घोला सफाइमा लाग्न खोजेको हो । घोलाको कारण ले धेरै द्वन्द भयो । केही साथीहरु आबेसमा पनि आउनु भयो त्यसैले गत बर्ष सफाइ गर्न सकिएन अहिले सहमति मै घोला सफाइ गरेका छौं ।' चापागाईंले भन्नुभयो ।
साबिकका खोला र घोलालाई सफाइ गर्दै अभियानका रुपमा अगाडि बढाइने बर्दघाट नगरपालिकाले बताएको छ । बिगतमा घोला सफाइ नभएकै कारण डुवानमा बस्नु परेको गुनासो गर्दै स्थानीयहरु यस बर्ष घोला सफाइ भएपछि डुबानमा बस्न नपर्ने आशा गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच