![महशिकार (तस्बिरहरू)](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/mahasikar-mygd-2.jpg)
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामलाई २–० गोल अन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी लिगको उपाधि जित नजिक पुगेको छ ।
म्यानचेस्टर सिटीको जितमा दुवै गोल इर्लिंग हालाण्डले गरेका थिए । अब लिगको अन्तिम खेलमा जित हासिल गरेमा यस सिजनको लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने छ । म्यानचेस्टर सिटीले अब अन्तिम खेल आगामी मे १९ मा वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ ।
म्यानचेस्टर सिटीको यो जितपछि लिगमा ३७ खेलमा ८८ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अंक रहेको छ ।
त्यसैगरी यो हारपछि टोटनह्याम आउदो सिजनमा च्याम्पियन्समा छनौट हुन असफल भएको छ । टोटनह्यामको ३७ खेलमा ६३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।
आउदो सिजनका लागि म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ ।
![सन्दीपको मुद्दामा, आज जवाफी बहस](https://ehimalayatimes.com/wp-content/themes/himalaya/images/Hita-pen-logo.png)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच