उपनिर्वाचन: तनहुँमा मनोनयन दर्ताअघि कांग्रेसको सभा

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा-२, चितवन-२ र तनहुँ-१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्दैछन् ।

मनोनयन दर्ताअघि तनहुँमा कांग्रेसले सभा गरिरहेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले भट्टराई गठबन्धनका साझा उम्मेदवार रहेकाे बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?